ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धमा भएका कमीकमजोरी छानबिन गरेर सार्वजनिक गर्छौँ – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफूहरूद्वारा सञ्चालित तत्कालीन युद्धमा भएका कमीकमजोरीको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तयार रहेको बताउनुभएको छ । आजसम्मका राजनैतिक उपलव्धीप्रति गर्व गर्दै युद्धमा भएका कमीकमजोरीको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिवद्ध रहेको अध्यक्ष प्रचण्डले जनाउनुभयो ।

विस्तृत शान्ति सम्झौता भएको १५ औं वर्षका अवसरमा एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले युद्धअवधिमा भएका घटनाको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न र पीडितहरुलाई न्यायको मान्यतामा आधारित छानबिनको प्रकृयाबाट टुङ्गोमा पु¥याई समाजमा मेलमिलाप कायम गर्ने बताउनुभयो । शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको द्वन्द्वकालीन घटनाको सत्य तथ्य छानविन गरी मेलमिलापको वातावरण तयार गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविन आयोगहरू गठन भइ कार्यरत रहेका छन् ।

उहांले सहिद तथा वेपत्ता परिवार, घाइते, विस्थापित लगायतका पीडितहरुसँगको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको पालना गरेर कानुन बनाइरहेको पनि बताउनुभयो । नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामी संसदीय अधिवेशनमा टुङ्गोमा पु¥याउने गरी काम भइरहेको उहांको धारणा रहेको छ । शान्ति र महिला सम्वद्ध संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्ताव नम्बर १८२० तथा १३२५ को पहिलो राष्ट्रिय कार्ययोजना सफलतापूर्वक सम्पन्न गरिसकेको र दोश्रो कार्ययोजना समेत कार्यान्वयन गर्ने कुरामा पनि विश्वस्त रहेको उहांको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

सम्बन्धित

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com