ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेबिजविरुद्ध प्रभावकारी खोप अब सातै प्रदेशमा


एबीसी / संवाददाता

काठमाडौं । कोसी अस्पताल विराटनगरमा आजदेखि कुकुरलगायत जनावरको टोकाइबाट हुने रेबिजविरुद्धको खोप निःशुल्क लगाउने भएको छ ।

सरकारले कुकुरलगायत जनावरको टोकाइबाट हुने रेबिजविरुद्धको ‘इम्युनोग्लोबुलिन’ खोप निःशुल्क लगाउन भनेपछि आजदेखि सुरु गरिएको अस्पतालका प्रमुख चुमनलाल दासले जानकारी दिनुभयो । हाल यो सेवा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र निःशुल्क उपलब्ध छ । राजधानीबाहिरका निजी अस्पतालमा उपलब्ध भए पनि त्यसका लागि चर्को शुल्क तिर्नुपर्ने अवस्था छ । यसका लागि अस्पतालबाहिर रु १२ हजारसम्म शुल्क तिर्नुपर्ने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा आज आयोजित नियमित कार्यालय प्रमुखको बैठकमा डा दासले अस्पतालमा अहिले २४९ जनाको दरबन्दी मात्र रहेको तर नियमित आउने बिरामीको चापले गर्दा उपलब्ध जनशक्तिले सर्वसुलभ सेवा प्रदान गर्न समस्या देखिएको बताउनुभयो । उहाँले अस्पतालमा नियमित एक हजार हाराहारीमा बिरामी आउने गरेका छन् । उपयुक्त दरबन्दी बिना कसरी सेवा प्रदान गर्नु अस्पतालको ठूलो समस्या रहेको उहाँले बताउनुभयो । उहाँले पूर्व क्षेत्रको पहिलो ठूलो यो अस्पताललाई स्तरोत्रति गर्ने कार्य सुरु भएको भए पनि निर्माण कम्पनीले धिमा गतिमा काम गरिरहेको बताउँदै अस्पतालभित्र छिर्न चौतर्फी बाटोहरु रहेकाले यसभित्रको सामान उपकरणको सुरक्षामा पनि समस्या देखिएको छ भत्रुभयो ।

नियमति बैठकमा कार्यालय प्रमुखहरुले आ–आफ्ना समस्या राखिरहँदा जिल्लामा बाटो निर्माण गर्दा बिजुलीको पोल सार्नु पर्ने, जिल्लामा भइरहेको निर्माणका कार्यमा निर्माण कम्पनीले समयमा काम सम्पत्र नगर्ने समस्या रहेको र विराटनगर महानगरपालिकाभित्र फोहोरको समस्या रहेको बताएका थिए । विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत उमेश बस्नेतले विराटनगरको विकास खासै उत्साहजनक नरहेको बताउँदै महेन्द्र चोकदेखि ट्राफिक चोकसम्म भारतको सिक्किमस्थित एमजी रोडजस्तै निर्माण गर्ने कार्य सुरु भइसकेको जानकारी दिनुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जनतालाई केन्द्रविन्दु मानेर दत्तचित भई काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले प्रत्येक कार्यालयले सूचनालाई व्यवस्थित गर्न निर्देशन दिँदै राष्ट्रसेवक कर्मचारीप्रति जनताको नकारात्मक सोचलाई सकारात्मकमा बदल्न सबैले आ–आफ्नो तहबाट राम्रो काम गर्नुपर्ने सुझाव दिनुभयो । प्रजिअ दाहालले प्रजिअ दाहालले यो पेसा र सेवालाई बाहिरका मानिसले होइन, तपार्इं हामीले नै मिलेर स्वच्छ र राम्रो बनाउनुपर्ने जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com