काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परीक्षणबाट २ सय ३२ जना र एन्टिजेन परीक्षणबाट ६ जनामा संक्रमण पाइएकोे हो । मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभर ७ हजार ८ सय ४५ पीसीआर र १ हजार २ सय ७८ एन्टिजेन परिक्षण गरिएको थियो । यसैगरी विगत २४ घण्टामा ३ सय ७० जना संक्रमित निको भएका छन् ।
त्यस्तै संक्रमणबाट विगत २४ घण्टामा १ जनाको निधन भएको छ । आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ सय ३० जना छन् । जसमा काठमाडौंमा ९८ जना, ललितपुरमा २४ जना र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर गरी ७ हजार १ सय ६४ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्