ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“नीतिमा एकता नै पार्टीमा एकता हो,– प्रवक्ता ज्ञवाली


एबीसी / संवाददाता

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आउँदो दशौँ राष्ट्रिय महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकतायुक्त हुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले आज ‘महाधिवेशनमा विचार र नेतृत्व’ विषयक आयोजना गरेको कार्यक्रममा उहाँले नीतिका बारेमा विधान महाधिवेशन गरेसकेकाले अबको महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकता हुने बताउनुभयो । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । उहाँले विधान महाधिवेशनले नीतिगतरुपमा पार्टीलाई एकताबद्ध बनाएको बताउनुभयो । “नीतिमा एकता नै पार्टीमा एकता हो, हामी नीतिमा एकताबद्ध भइसकेका छौँ”, उहाँले भन्नुभयो, “सेती र त्रिशूली नदीको पानी फरकफरक धारबाट बगे पनि नारायणीमा पुग्दा एउटै धारमा देखिए झैँ नारायणी किरानामा हुने महाधिवेशन एकताको महाधिवेशन हुनेछ ।”

उहाँले पार्टीको नीतिले मुलुकको लोकतन्त्र र दूरगामी प्रभाव पार्ने भएकाले एमालेको नीतिमा सबैको चासो रहेको उल्लेख गर्दै भन्नुभयो, “तर हामीले दुई महिना अगाडि सम्पन्न गरेको विधान महाधिवेशनमार्फत हाम्रो सिद्धान्त कार्यक्षेत्र र नीति सबै सार्वजनिक गरिसकेका छौँ, अबको प्राथमिकता के हो भन्नेबारेमा दस्तावेज पारित गरेका छौँ, त्यसैले अब एकताको र नयाँ सङ्कल्पको महाधिवेशन हुनेछ । “यति ठूलो पार्टीमा १५ जना पदाधिकारी र २२५ केन्द्रीय सदस्यका रुपमा सबै साथी अटाउन सम्भव छैन, त्यसैले हामी हरसम्भव सहमतिका आधारमा नेतृत्व चयन गर्दछौँ”, उहाँले भन्नुभयो, “सम्भव नभए स्वच्छ र व्यक्तिगत प्रतिस्पर्धा गरी नेतृत्व चयन हुन्छ, अहिले विधानमा हेरफर हुँदैन ।”उहाँले सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा विदेशी लगानी भित्रिएर टेलिभिजन उद्घाटन गरिनु जायज नभएको बताउनुभयो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले महाधिवेशन केन्द्रित प्रचारप्रसारलाई तीव्रता दिइएको बताउनुभयो ।

उहाँले उद्घाटन सत्रमा देश विदेशमा रहेका सञ्चारमाध्यममा प्रत्यक्ष प्रचार गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । नारायणी नदीको किनारामा सबै सञ्चारमाध्यमलाई प्रत्यक्ष प्रसारण गर्न सिग्नल उपलब्ध गराइने उहाँको भनाइ छ । चौतारीका उपत्यका अध्यक्ष हेमराज सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, पूर्वअध्यक्ष राजेन्द्र अर्याल, पूर्वमहासचिव प्रमोद दाहाल, उपाध्यक्ष गणेश पाण्डे, उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछानेलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्तो छ नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले पठाएको सन्देश (पूर्णपाठ)

काठमाडौं, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सोमबार प्रतिनिधिसभामा पुगेको छ । राष्ट्रपति कार्यालयले पठाएको

देउवाको निर्देशन गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुस्

काठमाडौं, ३० साउन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई जिताउने अभियानमा लाग्न निर्देशन दिएका छन्। सोमबार

राष्ट्रपति भण्डारी पोखरा आउँदै, दुई दिन पोखरामा रहने

पोखरा, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे

सम्बन्धित

फोहर लिएर बञ्चरेडाँडा गएका गाडी आज पनि रोकिए

बहिनीको प्रेमीको गरे दाजुभाईले हत्या

गोरखाको पालुङटारमा एक युवाको शव फेला

चुनावमा भोट हाल्न प्रवासी नेपालीलाई राप्रपाको आग्रह

मधेस प्रदेशले नेपाल सरकारविरुद्ध भोली देखि एक हप्तासम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने

गोसाइँकुण्डबाट फर्कनेक्रममा लेक लागेर बेहोस भएका तीन जनाको सकुशल उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...