ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“नीतिमा एकता नै पार्टीमा एकता हो,– प्रवक्ता ज्ञवाली


एबीसी / संवाददाता
मंसिर ५, २०७८ आईतबार   ३ : २९   बजे

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आउँदो दशौँ राष्ट्रिय महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकतायुक्त हुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले आज ‘महाधिवेशनमा विचार र नेतृत्व’ विषयक आयोजना गरेको कार्यक्रममा उहाँले नीतिका बारेमा विधान महाधिवेशन गरेसकेकाले अबको महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकता हुने बताउनुभयो । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । उहाँले विधान महाधिवेशनले नीतिगतरुपमा पार्टीलाई एकताबद्ध बनाएको बताउनुभयो । “नीतिमा एकता नै पार्टीमा एकता हो, हामी नीतिमा एकताबद्ध भइसकेका छौँ”, उहाँले भन्नुभयो, “सेती र त्रिशूली नदीको पानी फरकफरक धारबाट बगे पनि नारायणीमा पुग्दा एउटै धारमा देखिए झैँ नारायणी किरानामा हुने महाधिवेशन एकताको महाधिवेशन हुनेछ ।”

उहाँले पार्टीको नीतिले मुलुकको लोकतन्त्र र दूरगामी प्रभाव पार्ने भएकाले एमालेको नीतिमा सबैको चासो रहेको उल्लेख गर्दै भन्नुभयो, “तर हामीले दुई महिना अगाडि सम्पन्न गरेको विधान महाधिवेशनमार्फत हाम्रो सिद्धान्त कार्यक्षेत्र र नीति सबै सार्वजनिक गरिसकेका छौँ, अबको प्राथमिकता के हो भन्नेबारेमा दस्तावेज पारित गरेका छौँ, त्यसैले अब एकताको र नयाँ सङ्कल्पको महाधिवेशन हुनेछ । “यति ठूलो पार्टीमा १५ जना पदाधिकारी र २२५ केन्द्रीय सदस्यका रुपमा सबै साथी अटाउन सम्भव छैन, त्यसैले हामी हरसम्भव सहमतिका आधारमा नेतृत्व चयन गर्दछौँ”, उहाँले भन्नुभयो, “सम्भव नभए स्वच्छ र व्यक्तिगत प्रतिस्पर्धा गरी नेतृत्व चयन हुन्छ, अहिले विधानमा हेरफर हुँदैन ।”उहाँले सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा विदेशी लगानी भित्रिएर टेलिभिजन उद्घाटन गरिनु जायज नभएको बताउनुभयो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले महाधिवेशन केन्द्रित प्रचारप्रसारलाई तीव्रता दिइएको बताउनुभयो ।

उहाँले उद्घाटन सत्रमा देश विदेशमा रहेका सञ्चारमाध्यममा प्रत्यक्ष प्रचार गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । नारायणी नदीको किनारामा सबै सञ्चारमाध्यमलाई प्रत्यक्ष प्रसारण गर्न सिग्नल उपलब्ध गराइने उहाँको भनाइ छ । चौतारीका उपत्यका अध्यक्ष हेमराज सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, पूर्वअध्यक्ष राजेन्द्र अर्याल, पूर्वमहासचिव प्रमोद दाहाल, उपाध्यक्ष गणेश पाण्डे, उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछानेलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group