ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काग्रेस निर्वाचन : डोटीमा पार्टी सभापतिका लागि आकाङ्क्षी धेरै


एबीसी / संवाददाता
कार्तिक ३०, २०७८ मंगलबार   ३ : २७   बजे

काठमाडौं । नेपाली कांग्रेसको पार्टी जिल्ला सभापति तथा अन्य पदाधिकारीका लागि जिल्लामा कांग्रेस नेताहरुबीच रस्साकस्सी सुरु भएको छ । पार्टी सभापतिको उम्मेदवारको आकाङ्क्षी भएको जानकारी दिन अहिले केन्द्रदेखि जिल्ला स्तरीय नेता अहिले जिल्लामा पुगेका छन् । यतिमात्र नभई आफू पार्टीको सभापति पदको उम्मेदवार भएको जनाउँदै कतिपय नेताहरुले सामाजिक सञ्जाल फेसबुकमा समेत जानकारी दिन थालेका छन् ।

लामो समयदेखि काठमाडौँ तथा तराईका लागि कैलालीमा बसोबास गर्दै आएका यहाँका कांग्रेस नेता अहिले जिल्लामा आएका कारण यहाँको चुनावी चहलपहल निकै बढेको नेता राजेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लाबाहिर बसोबास गर्ने नेताहरु अहिले पार्टीको महाधिवेशनका लागि जिल्लामा आउनुभएको छ, कतिपय कार्यकर्तासँग भोट माग्न थालेका कारण यहाँको चुनावी चहलपहल निकै बढेको छ ।” पार्टी केन्द्रीय कार्यालयले १४औँ महाधिवेशनका लागि जिल्ला अधिवेशन आगामी मङ्सिर ५ र ६ गते तोकेपछि जिल्लामा नेताको चहलपहल झनै बढेको हो ।

कांग्रेस विधानले दुई कार्यकालसम्म जिल्ला सभापतिको जिम्मेवारी लिनसक्ने व्यवस्था गरेको छ । वर्तमान जिल्ला सभापति प्रदीपकुमार देउवा अझै एक कार्यकाल सभापतिको उम्मेदवार हुन् पाउने भएपछि सो पदमा आकाङ्क्षा देखाइरहनुभएको जनाइएको छ ।गत महाधिवेशनमा सभापति देउवासँग पराजित हुनुभएका रामप्रसाद उपाध्यायको नाम यसपटक पनि निकै चर्चामा छ । उहाँले आफूलाई स्वाभाविक उम्मेदवार रहेको र पालो पनि आफ्नो भएको बताउँदै आएनुभएको छ । यसैगरी महासमिति सदस्यद्वय नरेन्द्रबहादुर सिंह र भूमिराज बडूले पनि सभापति पदमा आफ्ना दाबेदारी प्रस्तुत गर्दै आउनुभएपछि जिल्लामा कांग्रेस निर्वाचन निकै रोमाञ्चक हुने आङ्कलन गरिएको छ ।यसैगरी कांग्रेस युवा नेताहरु दिलबहादुर बम तथा नरबहादुर ढाँट ९पाल० ले पनि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको सामाजिक सञ्जालमा राख्नुभएको छ ।

उम्मेदवारका दाबेदार नेताहरु अहिले खुलेर आफ्नो पक्षमा माहोल बनाउन कार्यकर्ताहरुसँग भेटघाट अभियानमा लागिरहेका छन् । यस्तै डोटी कांग्रेसमा लामो समयदेखि सक्रिय नेताका रुपमा चिनिँदै आउनुभएका लक्ष्मीराज पाठकको पनि सभापति पदमा चर्चा चलेको छ । विद्यार्थी राजनीतिदेखि नै निष्ठा र त्यागको राजनीति गर्दै आउनुभएका उहाँलाई पार्टीको सभापति बनाउनुपर्ने धारणा कार्यकर्ता पङ्क्तिमा रहेको कांग्रेसका अर्का नेता पदमराज जोशीले जानकारी दिनुभयो । प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का क्षेत्रीय सभापति सीताराम जोशीले पनि जिल्ला सभापतिको पदका लागि तीव्र आकाङ्क्षा देखाई रहनुभएको बुझिएको छ । सभापति पदका लागि आकाङ्क्षा सार्वजनिक गर्नेमा पूर्वपार्टी उपसभापति दीपककुमार विष्ट पनि रहनुभएको छ । आफू विगतमा पार्टी उपसभापति भइसकेकाले सभापति पदका लागि आफू योग्य हुनाका साथै नियमसङ्गत रुपमा पनि आफूले पार्टी सभापति पाउनुपर्ने उहाँको भनाइ छ ।

पार्टीको जिल्ला समितिमा सह–सचिव, सचिव हुँदै उपसभापतिसम्मको भूमिका निर्वाह गरिसकेकोले यस पटक सभापतिको जिम्मेवारी आफूले पाउनुपर्ने उहाँको दाबी छ । यस्तै आकाङ्क्षा सार्वजनिक गर्नेहरुमा उपसभापति लक्ष्मण सिंह, जिल्ला कार्यसमिति सदस्य जीतबहादुर खड्का रहनुभएको छ । सिंहले आफू उपसभापति भइसकेकाले सभापतिको स्वाभाविक उम्मेदवार रहेको बताउँदै आउनुभएको छ भने, खड्काले आफू जिल्लामा सधँै उपलब्ध हुनसक्ने र कार्यकर्तासँग प्रत्यक्ष जनसम्पर्कमा रहनसक्ने व्यक्ति रहेकाले उम्मेदवारी पाउनुपर्ने बताउँदै आउनुभएको छ । प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवार रहनुभएका नेता पदमराज जोशीको नाम चर्चामा रहे पनि उहाँले सार्वजनिक रुपमा सभापतिको आकाङ्क्षी भएको बताउनु भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group