काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रिय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ । नेता सिंहले पार्टी कार्यालय हु“दाह“दै केन्द्रिय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गर्नु भएको हो ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहा“ले बुढानिलकण्ठ नदेखेको झैं गरेर सभापति देउवाले आफ्नै निवासमा आईतबार (हिजो) केन्द्रिय कार्य समितिको बैठक बोलाएकोमा आपत्ति जनाउनु भयो । नेता सिंहले सभापति देउवाको गृहजिल्ला डडेलधुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरु मान्य नहुने चेतावनी समेत दिनु भयो । उहाँले सत्ताको दूरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेलधुरामा गरिएको अधिवेशन मान्न नसकिने अडान राख्नु भयो । नेता सिंहले क्रियाशील सदस्यताको विवाद देखिएको ठाउ“मा पूरानै क्रियाशील सदस्यलाई मान्यता दिने पार्टी केन्द्रिय कार्य समिति बैठकले गरेको सर्वसम्मत निर्णय तत्काल कार्यान्वयन गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिनु भयो ।
नेता सिंहले राजनीतिक न्याय दिन पनि पार्टी नेतृत्वस“ग माग गर्नु भयो । उहा“ले विधि र नियम उलंघन गरेर पार्टी नेतृत्वले सधैं कार्यकर्तालाई अन्याय गरेकाले आफूहरुले राजनीतिक न्यायको खोजी गर्नु परेको तर्क समेत गर्नु भयो । उहा“ले पार्टी नेतृत्वले अव महाधिवेशन सार्ने अवस्था भने नरहेको बताउनु भयो ।








प्रतिक्रिया दिनुहोस्