ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार घरधुरी पुननिर्माणको काम सम्पन्न


एबीसी / संवाददाता

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार घरधुरी पुननिर्माणको काम सम्पन्न भई हस्तान्तरण भएको छ । सोमबार नेपाल–भारत संयुक्त सरकार एवम् संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) को संयुक्त सहकार्यमा पुननिर्माण सम्पन्न भएको जनाइएको छ । विसं. २०७२ सालको भुकम्पबाट क्षति पु¥याएका घरहरुमध्ये भारतीय सरकारको आर्थिक सहयोगमा क्षतिग्रस्त ५० हजार घर पुननिर्माण भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भारतीय सरकार धन्यवाद ज्ञापन गर्नुहुदै आगामी दिनमा पनि नेपाल र भारतबीचको आर्थिक तथा सामाजिक सहकार्य कायमै रहने विश्वास व्यक्त गर्नुभयो ।

यससँगै नेपाल र भारत लगायत विश्वमै उत्पन्न भइरहेको जलवायु परिवर्तन सम्बन्धि समस्यालाई दुवै देशले सम्बोधन गर्नुपर्नेमा उहाँको जोड छ । गोरखा र नुवाकोटमा ५० हजार घरको पुननिर्माण सम्पन्न हुनुमा स्थानीय सरकारहरुको भूमिका पनि सराहनीय भएको धारणा राख्नुभयो । भुकम्प पश्चात् सरकारले किस्तापच्छिे उपलब्ध गराएको ३ लाख रुपैंयामा कसरी घर बनाउने भन्ने चिन्तामा रहेका नुवाकोट र गोरखाका स्थानीय भने यतिबेला खुसी देखिएका छन् । विशेषगरी, महिलाहरुलाई घर पुननिर्माणको तालिम नै प्रदान गरेर महिलाको क्षमता अभिवृद्धि एवम् सशक्तिकरणमा पनि टेवा पुगेको सरोकारवाला बताउछन् ।

भुकम्पबाट क्षतिग्रस्त क्षेत्रमा पुननिर्माणको काम सम्पन्न हुनु खुसीको विषय भएपनि सो क्षेत्रका सांस्कृतिक परम्परालाई पनि ध्यान दिइनुपर्नेमा गोरखा र नुवाकोटका जनप्रतिनिधिहरुले जोड दिएका छन् । यससँगै स्थनीयबासीमा प्राविधिक एवम् भुकम्पीय जोखिमबाट बच्न सक्ने ज्ञानको अभिवृद्धि हुनुपर्ने पनि उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com