ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार घरधुरी पुननिर्माणको काम सम्पन्न


एबीसी / संवाददाता
कार्तिक २९, २०७८ सोमबार   ५ : ३६   बजे

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार घरधुरी पुननिर्माणको काम सम्पन्न भई हस्तान्तरण भएको छ । सोमबार नेपाल–भारत संयुक्त सरकार एवम् संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) को संयुक्त सहकार्यमा पुननिर्माण सम्पन्न भएको जनाइएको छ । विसं. २०७२ सालको भुकम्पबाट क्षति पु¥याएका घरहरुमध्ये भारतीय सरकारको आर्थिक सहयोगमा क्षतिग्रस्त ५० हजार घर पुननिर्माण भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भारतीय सरकार धन्यवाद ज्ञापन गर्नुहुदै आगामी दिनमा पनि नेपाल र भारतबीचको आर्थिक तथा सामाजिक सहकार्य कायमै रहने विश्वास व्यक्त गर्नुभयो ।

यससँगै नेपाल र भारत लगायत विश्वमै उत्पन्न भइरहेको जलवायु परिवर्तन सम्बन्धि समस्यालाई दुवै देशले सम्बोधन गर्नुपर्नेमा उहाँको जोड छ । गोरखा र नुवाकोटमा ५० हजार घरको पुननिर्माण सम्पन्न हुनुमा स्थानीय सरकारहरुको भूमिका पनि सराहनीय भएको धारणा राख्नुभयो । भुकम्प पश्चात् सरकारले किस्तापच्छिे उपलब्ध गराएको ३ लाख रुपैंयामा कसरी घर बनाउने भन्ने चिन्तामा रहेका नुवाकोट र गोरखाका स्थानीय भने यतिबेला खुसी देखिएका छन् । विशेषगरी, महिलाहरुलाई घर पुननिर्माणको तालिम नै प्रदान गरेर महिलाको क्षमता अभिवृद्धि एवम् सशक्तिकरणमा पनि टेवा पुगेको सरोकारवाला बताउछन् ।

भुकम्पबाट क्षतिग्रस्त क्षेत्रमा पुननिर्माणको काम सम्पन्न हुनु खुसीको विषय भएपनि सो क्षेत्रका सांस्कृतिक परम्परालाई पनि ध्यान दिइनुपर्नेमा गोरखा र नुवाकोटका जनप्रतिनिधिहरुले जोड दिएका छन् । यससँगै स्थनीयबासीमा प्राविधिक एवम् भुकम्पीय जोखिमबाट बच्न सक्ने ज्ञानको अभिवृद्धि हुनुपर्ने पनि उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group