काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परीक्षणबाट ३ सय ६७ जना र एन्टिजेन परीक्षणबाट ४९ जनामा संक्रमण पाइएकोे हो । मन्त्रालयका अनसार विगत २४ घण्टामा देशभर ७ हजार ५ सय ५४ पीसीआर र ४ हजार ८ सय ४८ एन्टिजेन परिक्षण गरिएको थियो । यसैगरी विगत २४ घण्टामा २ सय ७० जना संक्रमित निको भएका छन् । त्यस्तै संक्रमणबाट विगत २४ घण्टामा १ जनाको निधन भएको छ ।
आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ सय ८७ जना छन् । जसमा काठमाडौंमा १ सय २६ जना, ललितपुरमा ४३ जना र भक्तपुरमा १८ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर गरी ७ हजार ३ सय ११ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्