ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोटमा भाइरल, ९ जनाको मृत्यु


admin

जाजरकोट, २२ पुस । जाजरकोटमा एक हप्तादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ।
मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका ३ का ६७ वर्षीय करसिंह टमटा, २ का ५७ वर्षीय आइती तिरुवा, जुनीचाँदे गाँउपालिका २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ बर्षका सतरुप शाहीको , ८ वर्षिय धनवहादुर विक , र ४ जना बालबालिका रहेका छन्। बालबालिकाहरुमा १ महिनाका २ जना, ७/८ दिनका २ जना र ४ वर्षको १ जना रहेका छन्। ज्वरो र रुघाखोकीले जुनीचाँदेका तीन सय बढी गाँउलेहरु बिरामी परेका स्वाथ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताए। उनले स्वाथ्यचौकीमा दैनिक ४०/५० जना भाइरलका बिरामी आउने गरेको बताए।
प्रभावित क्षेत्र जिल्ला सदरमुकाम खलंगाबाट दुई दिनको पैदल दुरीमा पर्छ। इन्चार्ज सिंहले भने ‘मौसम परिवर्तनसँगै चिसो बढेपछि गाँउमा बिरामीको संख्या बढ्दै गएको छ। तर बिरामी स्वास्थ्य संस्था आउँदैनन् झारफुक तिरै लाग्छन्।’ जुनीचाँदे गाउँपालिका १ को जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाँउ, वडा नं २ को मजकोट, आलीमौगाना र वडा नं ३ का डाडाकोट र परालेमा भाइरल ज्वरो र रुघाखोकी प्रकोपको रुपमा देखापरेको उनले बताए। सबैभन्दा बढी वडा नं २ मजकोटमा बिरामी देखापरेका छन्। एउटै घरमा ३/४ जनासम्म बिरामी परेको जुनीचाँदे गाँउपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए। उनले भने ‘बिरामीहरु समयमा स्वास्थ्य संस्था नजाँदा समस्या भएको छ।
भौगोलिक विकटताका कारण स्वास्थ्य संस्था टाढा रहेको र स्वास्थ्य संस्थामा भरपर्दो उपचार नहुँदा स्थानीय स्वास्थ्य संस्था भन्दा पहिले धामीझाँकी सँग झारफुकमा जाने गर्छन्।’ मजकोटका प्रायः घरका मानिस बिरामीले थलिएका छन्। बिरामी हुनेमा बढीजसो बालबालिका, बृद्धबृद्धा र महिला रहेका छन्। बिरामीहरुमा घाँटी दुख्ने, सुख्खा खोकी, टाउको दुख्ने, हातखुट्टा दुख्ने,चिटचिट पसिना आउने, ज्वरो आउने लगायतका समस्या देखिने गरेको छ। भाइरलको प्रकोप फैलिएको सूचना पाएपछि जिल्ला स्वास्थ्यले रोग पहिचानको लागि महामारी स्रोत व्यक्ति ल्याब टेक्निसियन कृष्ण खत्रीको नेतृत्वमा प्रभावित क्षेत्रमा पठाएको जनाएको छ।
‘रोगको पहिचान गर्न टेक्निसियन पठाएका छौं’ जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले भने ‘एच १ एन १ हो कि भनेर टेष्ट किट पठाएका छौं। यदि एच १ एन १ भए रोग फैलिने खतरा धेरै हुने भएकोले पहिचानका लागि समयमै तदारुकता देखाएका हौं।’ त्यस्तै प्रभावित क्षेत्रमा थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा. पवन शाक्यको नेतृत्वमा थप टोली पठाएको कार्यालय प्रमुख नेपालीले बताए। डाक्टरको टोली शनिबार मात्र प्रभावित क्षेत्रमा पुग्नेछ। भाइरल देखिएको प्रभावित क्षेत्रमा शिविर चलाएर उपचार थाल्न डा. शाक्यलाई निर्देशन दिइएको उनले बताए।
त्यस्तै औषधी अभाव हुन नदिन शुक्रबार मात्र एक ट्याक्टर औषधी समेत पठाइएको उनले जानकारी दिए। उनले रुघाखोकीले मृत्यु भएका भनिएका के कारणले भएको हो त्यसको पनि सत्य तथ्य छानबिन गरिने बताए। भाइरलको रुपमा देखापरेको रुघाखोकीलाई प्रकोपकै रुपमा फैलन नदिन कार्यालयले उच्च सर्तकता अपनाएको जिल्ला स्वास्थ्य प्रमुख नेपालीले बताए। ‘क्षेत्र र केन्द्रलाई पनि खवर गरिसकेको छौं। थप औषधी पनि मागेको छौं।
रोग छिटै नियन्त्रणमा लिन्छौं’ उनले भने। विद्यालय बन्द चिसो बढेसँगै देखापरेको भाइरलले विद्यार्थी समेत थलिएपछि केही दिनका लागि प्रभावित क्षेत्रको एक विद्यालय बन्द गरिएको छ भने अन्य विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुन थालेको छ। ज्वरो र रुघाखोकीले धेरै जसो विद्यार्थी बिरामी परेपछि जुनीचाँदे २ मजकोटस्थित भगवती आधारभूत विद्यालय केही दिनका लागि बन्द गरिएको प्रधानाध्यापक मुक्तिप्रसाद शर्माले बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com