ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतन्त्रविपरीतका कार्यलाई प्रेसले खबरदारी गर्नुपर्दछ – अर्थमन्त्री शर्मा


एबीसी / संवाददाता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लोकतन्त्र र जनचाहनाविपरीत हुने कार्यलाई प्रेसले खबरदारी गर्नुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले जनअधिकार कुण्ठित गर्ने र संविधान च्यात्ने निरङ्कुश प्रवृत्तिका विरुद्ध प्रेस जगत्लाई आन्दोलनमा उत्रिनसमेत आह्वान गर्नुभयो । सञ्चार जगत्लाई सामाजिक परिर्वतनको पक्षमा उभिन आग्रह गर्दै उहाँले भन्नुभयो, “सकारात्मक कुरालाई प्रेसले स्थापित गर्नुपर्ने हुन्छ । पार्टीको आन्तरिक जीवनमा देखिने लोकतन्त्र विरुद्धका कार्यमा समेत तपाईँहरू बोल्नुपर्दछ । बचनले होइन कर्मले लोकतन्त्रको सेवा गर्नुपर्दछ । काम र व्यवहारले लोकतन्त्रको पक्षमा उभिने कुरा महत्वपूर्ण हुन्छ ।” मन्त्री शर्माले भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढङ्गले कलम चलाउन पत्रकारलाई आग्रह गर्दै अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी सशक्त भण्डाफोर गर्नसमेत अपिल गर्नुभयो । समाजवादतिर अघि बढ्ने संवैधानिक अधिकार रहेको चर्चा गर्दै उहाँले राष्ट्रिय आत्मनिर्भरता, स्वाधिनतासहित समाजवादका लागि आवश्यक विचार, सङ्गठन, स्कुलिङ र संस्कार र व्यवहार हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले प्रेस सेन्टरले जनताको आवाजहरूमा रमाउने र स्थापित हुने कार्यदिशा तय गर्नसमेत सुझाव दिनुभयो । लोककल्याणकारी विज्ञापनलाई सबै सञ्चार संस्थाले प्राप्त गर्ने गरी व्यवस्थित गरिने जानकारी दिँदै उहाँले अनलाइन सञ्चारमाध्यमको मूल्याङ्कनका लागि प्रेस काउन्सिललाई आग्रह गरिएको र सोपछि अनलाइनलाई समेत लोककल्याणकारी विज्ञापन उपलब्ध गराइने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेशका इन्चार्ज एवं पूर्वमन्त्री हितराज पाण्डेले क्रान्तिकारी पत्रकारले जनताको आवाज बोल्नुपर्ने र कलम चलाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा माओवादी केन्द्र गण्डकीका सचिव देवेन्द्र पराजुली, प्रेस सेन्टरका केन्द्रीय संयोजक महेश्वर दाहाल, प्रेस सेन्टरका प्रदेश इन्चार्ज एवं पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, प्रेस युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, प्रेस चौतारी गण्डकीका संयोजक सुष्मा पौडेल, समाजवादी प्रेस सङ्गठनका नेता एवं पत्रकार महासङ्घ

गण्डकीका महासचिव गोविन्द सुवेदी, प्रेस सेन्टरका प्रदेश संयोजक अर्जुन काफ्ले, सहसंयोजक दीपक श्रेष्ठ, प्रदेशका नेता सन्तोष गौतमलगायतले संवैधानिक व्यवस्थाअनुसार प्रेसलाई स्वतन्त्रता दिन माग गर्नुभएको थियो । कार्यक्रममा प्रेस सेन्टरका संस्थापक एवं पूर्व अध्यक्षद्वय लोकप्रसाद (एलपी) बञ्जारा र त्रिभुवन पौडेललाई जनपक्षीय पत्रकारिता र सङ्गठनको वृत्ति विकासमा योगदान पु¥याएकामा प्रशंसापत्रबाट सम्मानित गरिएको थियो । अधिवेशनले आगामी दुई वर्षका लागि प्रदेश समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com