ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबिरुद्धको फाइजर खोप अभियान सञ्चालन हुने


एबीसी / संवाददाता
कार्तिक २६, २०७८ शुक्रबार   ५ : १९   बजे

काठमाडौं । सरकारले कोरोनाबिरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ ।
शुक्रवार फाइजर–बायोएनटेक प्रयोग गरी सञ्चालन हुने कोभिड–१९ खोप अभियानबारे पत्रकारहरुस“ग अन्तरक्रिया कार्यक्रममा कोरोनाबिरुद्धको फाइजर–बायोएनटेक खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो । यो खोपको पहिलो मात्रा कार्तिक २८ देखि मंसिर ४ गतेसम्म सरकारले तोकेका देशभरका विभिन्न २४ अस्पतालहरुमा उपलब्ध हुनेछ । खोप वचत भएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बा“की रहेका दीर्घरोगीहरुलाई प्राथमिकतामा राखी र १२–१७ उमेर समूहका व्यक्तिहरुलाई लगाइनेछ ।

खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मंसिर २७ देखि पौष २ गतेसम्म दिइने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । यो खोप १२ वर्ष भन्दा माथिको जनसंख्यालाई मात्र दिन मिल्ने भएकोले सोही उमेर समूहलाई मात्र लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले बताउनुभयो । उहा“ले यो खोप १२ वर्ष माथिका दीर्घरोगीहरुलाई पहिलो प्राथमिकतामा राखेर दिइने पनि बताउनुभयो । प्रशासक दाहालले १२ वर्षमाथिका ८ प्रकारका दीर्घ रोगका बिरामीहरुलाई यो खोप दिइने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले यस खोपको माग धेरै भए पनि दीर्घरोगीहरुलाई नै दिइने बताउनुभयो । उहा“ले नेपालमा पनि अल्ट्रा पोल्ट खोप सञ्चालन गर्न सकिन्छ भनेर देखाउने अवसर भएको बताउनुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दीपेन्द्ररमण सिंहले कोरोनाबिरुद्धको खोप लगाएपछि मानिसहरु एक किसिमले कवचधारी बन्ने बताउनुभयो । उहा“ले कोरोना भाइरसको जोखिम कायमै रहेकोले मास्क, भौतिक दूरी र सरसफाइलाई ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

सरकारले सञ्चालन गर्न लागेको कोरोनाबिरुद्धको फाइजर–बायोएनटेक खोप अभियान विभिन्न २४ अस्पतालबाट सञ्चालन हुनेछ । खोप दीर्घरोग भएको तथा उपचार गराइरहेको पूर्जा, उमेर खुल्ने प्रमाणपत्र देखाएपछि लगाउन पाइनेछ । यो खोप कोरोनाबिरुद्धको अन्य खोप लगाएको, १२ वर्ष भन्दा कम उमेरको, पहिलो मात्रा लगाएपछि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएको व्यक्तिहरुले लगाउन नहुने महाशाखाले जनाएको छ । खोप लगाएपछि अनपेक्षित रुपमा सुई लगाएको ठाउ“मा दुख्ने, केही रातो हुने, सुनिने, टाउको दुख्ने, ज्वरो आउने, जाडो हुने, मांशपेशी दुख्ने, जोर्नी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, थकाइ लाग्ने, सुइ लगाएको हातको काखीको ग्रन्थी सुनिने लक्षण देखा पर्न सक्छन् । त्यस्तै एनाफाइलेक्सिस्, मायोकार्डाइटिस, पेरिकार्डडाइटिस, शरीरमा साना बिमिरा आउने, चिलाउने, अनुहार सुन्निने, पखाला लाग्ने जस्ता अवाञ्छित लक्षणहरु देखा पर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

अन्तिम समयमा जापानको शानदार पुनरागमन, नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group