ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘चोरबाटो’ले झुक्यायो धर्ना बसेका बारका वकिललाइ


एबीसी / संवाददाता
कार्तिक २६, २०७८ शुक्रबार   ५ : ११   बजे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै आन्दोलित भएको नेपाल बार एसोसिएसनले आज सर्वोच्च अदालतको मुल गेटमा धर्ना दियो । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भन्दै शुक्रवार बिहान १० बजेदेखि १२ बजेसम्म सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिएको हो । बारको धर्नाको बाबजुद प्रधानन्यायाधीश जबरा भने करिब ११ बज्नै लाग्दा वैकल्पिक गेटको प्रयोग गरी सर्वोच्च अदालत प्रवेश गर्नुभएको थियो । अधिवक्ताहरु नेपाल बार एसोसिएसनको भवनमा जम्मा भई ब्यानरसहित सर्वोच्चको मुल गेट अगाडी पुगेर धर्ना दिएका थिए ।

धर्ना दिन जाने क्रममा केही मानिसहरुले प्रधानन्यायाधीश जबराको समर्थनमा नाराबाजी गर्दै नेपाल बार एशोसिएसनको आलोचना गरेपछि केही समय असहज परिस्थिति बनेको थियो । प्रधानन्यायाधीश जबराको पक्षमा नाराबाजी गर्ने तीन महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । धर्ना दिनुअघि संक्षिप्त सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई न्याय सम्पादन गर्ने र न्याय प्रशासन चलाउने अधिकार नभएको दावी गर्नुभयो । बारको शान्तिपूर्ण आन्दोलन गर्ने नीति रहेकोमा बिहीवार बारले कार्यक्रम गर्न खोज्दा पोडियम र माइक खोसिएको र कानुन व्यवसायीमाथि आक्रमण भएका कारण प्रधानन्यायाधीशलाई अदालत प्रवेश रोक लगाउनेसम्मको कार्यक्रम गर्नुपरेको उहा“ले बताउनुभयो ।

धर्नालाई सम्बोधन गर्दै नेपाल बारका महासचिव लीलामणि पौडेलले प्रधान न्यायाधीशको सम्बन्धमा संयुक्त राष्ट्रसंघमा पनि उजुरी पठाउन तयार रहेको भन्दै आफुहरु संयुक्त राष्ट्रसंघको सम्पर्कमा रहेको बताउनुभयो । बारको भद्र आन्दोलनलाई कमजोरीको रुपमा नलिन उहा“ले चेतावनी पनि दिनुभयो । बारले प्रधानन्यायाधीश जबराले न्यायपालिकाको गरिमा कायम राख्न नसकेको आरोपसहित उहा“को राजिनामा माग्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

अन्तिम समयमा जापानको शानदार पुनरागमन, नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group