ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुर–नगरकोट सडकः धुलाले थलिए बासिन्दा


admin

भक्तपुर, २२ पुस । दुई वर्षमा सम्पन्न हुनुपर्ने भक्तपुर–नगरकोट सडक निर्माण शुरु भएको चार वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि स्थानीय बासिन्दादेखि पर्यटकसमेतले सास्ती भोग्ने गरेका छन् ।

कमलविनायकदेखि भत्केकोपाटी हुँदै नगरकोट खण्डको १६ किमी मुख्य सडक विस्तारमा ढिलाइ भइरहेको छ । विसं २०७१ जेठमा निर्माण शुरु भएको शैलुङ कन्स्ट्रक्सन प्रालिले आव ०७२÷०७३ मै निर्माण सम्पन्न गरिसक्ने सम्झौता गरे पनि हालसम्म सडक विस्तारले गति लिन सकेको छैन ।

एक्जिम बैंक इन्डियाको रु २८ करोडको सहयोगमा सडक विस्तार शुरु गरेको थियो । विसं २०७४ मंसिरसम्ममा आयोजना सम्पन्न गरिसक्ने भन्दै निर्माण अवधि थप गरिए पनि थप समयसमेत सकिएर बल्ल ४० प्रतिशत काम मात्र पूरा भएको छ । सोह्र किमी सडकखण्डमा ग्राभेलिङ गर्ने र कालोपत्र गर्ने काम पूरै बाँकी छ । अबको पाँच महिनामा सबै काम सम्पन्न गरिसक्ने शैलुङ कन्स्ट्रक्सन प्रालिका इ विजय प्रजापतिले जिकिर गर्नुभयो ।

पर्यटन व्यवसायी धरापमा 

पर्यटकीय क्षेत्र नगरकोटको सडक विस्तारमा भएको ढिलाइका कारण पर्यटन व्यवसायसमेत धरापमा परेको छ । सडक खनेर जथाभावी छाड्दा साँघुरो र धुलाम्मे भएको पर्यटन व्यवसायी गोकुल लामिछानेले बताउनुभयो ।

“काठमाडौँबाट नगरकोट आउनुअघि नै पर्यटक तथा ट्राभल एजेन्सीले सडकका बारेमा सोध्ने गरेका छन्, सडक निर्माण सम्पन्न भएको छैन भन्ने जानकारी पाएपछि कतिपय पर्यटकले नगरकोट आउने कार्यक्रम नै रद्द गर्ने गरेका छन्”, उहाँले बताउनुभयो ।

अर्का व्यवसायी बद्री माकले विगत वर्षभन्दा यस वर्ष सडक अति जीर्ण हुँदा र निर्माण पूरा नहुँदा ५० प्रतिशत पर्यटक घटेको बताउनुभयो । पर्यटन व्यवसायीले निर्माण कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न ताकेता गर्दा उल्टो धम्की आउने गरेको उहाँको भनाइ छ ।

घर घरमा बिरामी 

सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती मात्रै व्यहोरेका छैनन्, घरघरमा बिरामी पर्न थालेका छन् । सडक निर्माणका क्रममा निस्कने धुलोका कारण यहाँको जनजीवनसमेत कष्टकर बनेको स्थानीय सञ्चारकर्मी सोम शर्मा बजगाईंले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सडक निर्माणमा भएको ढिलाइ र लापर्वाहीले घरघरमा मानिस बिरामी पर्न थालेका छन्, अत्यधिक धुलो उड्ने गर्दा घरबाट निस्किएको मानिस भक्तपुर पुग्दा चिन्नै नसक्ने हुन्छन्, धुलोकै कारण दिनानुदिन गाउँमा बिरामीको चाप बढ्दैछ ।” सडक निर्माणका क्रममा निस्केको धुलोका कारण बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी रोग लाग्न थालेको छन् ।

सडकमा धेरै खाल्डाखुल्डी भएकाले सवारी साधन बाटैमा बिग्रने र दुर्घटनामा वृद्धि हुनाका साथै सडक छेउछाउका बासिन्दाको स्वास्थ्यमा समेत असर परेको स्थानीयवासी लक्ष्मी लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक फराकिलो बन्छ भनेर आफ्नो जग्गासमेत उपलब्ध गरायौँ तर ठेकेदारले काम नै नगरिदिँदा धुलो र धुवाँका कारण एक सातासम्म अस्पताल भर्ना हुनुप¥यो ।”
दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने ठेक्का सम्झौता गरेर शुरु भएको नगरकोट सडकखण्डको काम चार वर्षमा पनि सम्पन्न हुन नसकेको स्थानीयवासी हरिराम बजगाईंले बताउनुभयो । “ठेकेदारले लापर्वाही गर्दै सुस्त गतिमा काम गर्दा सडक निर्माणमा ढिलाइ हुनाका साथै स्थानीयवासीको स्वास्थ्यमा समेत खेलबाड भयो ”, उहाँले भन्नुभयो ।

नगरकोट–६ का पर्शुराम बजगाईंले दुई वर्षभित्र गरिसक्नुपर्ने काम चार वर्षमा पनि नसकिएकामा आक्रोश व्यक्त गर्दै भन्नुभयो, “कछुवा गतिमा काम भइरहेको छ, यस्तै हो भने अझै १० वर्षमा पनि काम सकिँदैन, अब हामी निर्माण कम्पनीविरुद्ध आन्दोलनमा जान्छौँ ।” सडक सुधार आयोजनाका परामर्शदाता नरेशबाबु श्रेष्ठले ठेकेदारकै लापर्वाहीका कारण सडक विस्तारमा ढिलाइ भएको स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com