ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वालिङका १८ वर्षमाथिका सबैलाई खोप लगाइने


एबीसी / संवाददाता

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दामाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाइदिने भएको छ । कोभिड–१९ सङ्क्रमणबाट बचाउन तथा नागरिकको जीवनरक्षाका लागि नगरपालिकाको पहलमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइदिने तयारी गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“वालिङ नगरपालिकाको तथ्याङ्कअनुसार १८ वर्षभन्दा माथिका करिब ३२ हजार नागरिकमध्ये १७ हजार बढीले खोप लगाइसक्नुभएको छ”, उहाँले भन्नुभयो, “कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म बाँकी रहनुभएका सबैलाई खोप लगाउने गरी तयारी गरेका छौँ ।”वालिङ नगरपालिकाभित्र रहेको अस्पताल, स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्र गरी १७ ठाउँमा तीन दिनसम्म खोप अभियान सञ्चालन गर्ने र त्यसका लागि खोप वालिङमा आइसकेको नगर प्रमुख खाँणको भनाइ छ । “वालिङ नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका बनाउनका लागि पहल गरिरहेका छौँ”, नगरप्रमुख खाँणले भन्नुभयो, “त्यसैले यहाँ सबै जनाले आआफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा गई अनिवार्यरुपमा खोप लगाउनु हुन नगरवासीसमक्ष अनुरोध गर्दछु ।”

अठार वर्षभन्दामाथिका नागरिकलाई खोप लगाउने कार्य सकिएसँगै उक्त उमेर समूहभन्दा मुनिका नागरिकलाई खोप लगाउनका लागि पहल सुरु गरेको नगरप्रमुख खाँणले बताउनुभयो । नगरवासीको जीवनरक्षाका लागि नगरपालिकाको प्रयासमा कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म तीन दिन खोप अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो ।

वालिङमा सङ्क्रमणलाई शून्यमा झार्ने अभियानस्वरुप अनिवार्य खोप लगाउन आग्रह गरिएको उहाँले बताउनुभयो । वालिङ नगरपालिकाले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि कुनै कञ्जुस्याइँ नगरी निरन्तररुपमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताउनुभयो ।तीनदिनसम्म सञ्चालन हुने खोप अभियानमा भेरोसेलका १५ हजार मात्रा खोप लगाइने प्रमुख पाण्डेले बताउनुभयो । अठार वर्षभन्दामाथिका खोप लगाउन बाँकी रहेका १५ हजार जनालाई भेरोसेलको पहिलो मात्रा लगाइने भएको हो । खोप अभियानका लागि नगरपालिकाका १४ वटै वडामा रहेका १७ वटा स्वास्थ्य संस्थामा करिब १०० जना स्वास्थ्यकर्मी परिचालन गरिने शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

वालिङ नगरपालिकाले कोभिड–१९ को सङ्क्रमणकालीन अवस्थामा कोभिडको रोकथाम तथा नियन्त्रणका लागि खेलेको भूमिकाप्रति यहाँका नागरिक सन्तुष्ट देखिएका थिए । शेयरकास्ट इनिसियटिभ नेपालले गरेको मत सर्भेक्षणले उक्त कुरा पुष्टि गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com