ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यात्रुबाहक बस दुर्घटना भई आगलागी हुँदा १२ यात्रु घाइते


एबीसी / संवाददाता

धनुषा । धनुषामा आज बिहान एउटा यात्रुबाहक बस पल्टिएर दुर्घटनालगत्तै आगलागी हुँदा बस जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने १२ जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएअनुसार दाङको तुलसीपुरबाट विराटनगरतर्फ जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्गको धनुषाधाम नगरपालिका– ६ मालटोल सडक खण्डमा दुर्घटना हुँदा बसको पूरै भाग जलेर नष्ट भएको छ ।

आज बिहान ना ६ ख ७१०२ नं को बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । इप्रका ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले सडकबाट तल खसेको बसमा आफै आगो लागेको बताउनुभयो । प्रहरी निरीक्षक सुवेदीले बस दुर्घटनाको क्रममा पल्टिँदा तेल ट्याङ्की फुटेर बसमा आगो लागेको हुनसक्ने अनुमान गरिएको बताउनुभयो । घाइतेको नाम ठेगाना तत्काल खुल्न सकेको छैन । तर घाइते हुनेमा सातजना महिला, चार जना पुरुष र एक बालक रहेको प्रनि सुवेदी जानकारी दिनुभयो ।

घाइतेमध्ये १० जनाको पुष्पवलपुरस्थित एक निजी स्वास्थ्य उपचार केन्द्रमा, दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको र बाँकी यात्री सकुशल रहेको प्रहरीले जनाएको छ । बसमा लागेको आगो ढल्केबरस्थित दङ्गा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले बारुणयन्त्रको मद्दतले नियन्त्रण लिएको थियो । आगोमा परी अधिकांश यात्रुको समान जलेर नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com