काठमाडौं, २१ पुस । सरकारले राष्ट्रियसभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको हो ।
प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नेबारे भने आजको मन्त्रिपरिषद बैठकले कुनै निर्णय गरेन । स्रोतका अनुसार आगामी सोमबार बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेश राजधानीबारे टुंगो लगाउने छ ।
प्रतिक्रिया दिनुहोस्