काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परीक्षणबाट २ सय ९७ जना र एन्टिजेन परीक्षणबाट ७५ जनामा संक्रमण पाइएकोे हो । मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभर ५ हजार ३ सय १६ पीसीआर र २ हजार ५ सय ९५ एन्टिजेन परिक्षण गरिएको थियो । यसैगरी विगत २४ घण्टामा ९ सय ११ जना संक्रमित निको भएका छन् ।
त्यस्तै संक्रमणबाट विगत २४ घण्टामा ११ जनाको निधन भएको छ । आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ सय ६८ जना छन् । जसमा काठमाडौंमा १ सय ३ जना, ललितपुरमा ४५ जना र भक्तपुरमा २० जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर गरी ९ हजार ५ सय २६ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्