काठमाडौँ । नेकपा एमालेले मंसिरमा हुन लागेको दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले १५ सय ३६ जना महाधिवेशन प्रतिनिधि सहभागी गराउने निर्णय लिएको थियो ।
तर शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले त्यो संख्या ४ सयले बढाएर १९ सय ९९ कायम गरेको हो।एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बढेको ४ सय प्रतिनिधि भूगोलबाट आउने जानकारी दिनुभयो। आजको बैठकमा प्रतिनिधित्व बढाउन सुझाव आएको थियो । त्यही सुझाव अनुसार अब प्रतिनिधिको संख्या १९९९ हुनेछ, ज्ञवालीले भन्नुभयो, महाधिवेशन प्रतिनिधिको संख्या करिब ४ सय निर्णय भएको छ ।
एमाले महाधिवेशन मूल व्यवस्थापन समितिमा पनि दुईजना नेतालाई थपेर २३ सदस्यीय बनाएको छ । रामबहादुर थापा बादल नेतृत्वको व्यवस्थापन समितिमा स्थायी कमिटी सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई थपिएको हो ।
प्रतिक्रिया दिनुहोस्