काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई मार्गप्रशस्त गर्न आग्रह गरेका न्यायाधीशहरूलाई कडा जवाफ फर्काउनुभएको छ । उहांले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताउनुभयो । स्रोतका अनुसार राणाले न्यायाधीशहरूसँगको भेटघाटमा भन्नुभयो, ‘अरु न्यायाधीशहरूमाथि पनि प्रश्न उठेका छ ।
प्रश्न उठेका सबैले राजीनामा दिउँ, म पनि मार्ग प्रशस्त गर्छु । होइन भने मिडियाबाट उठेका विषयकै आधारमा राजीनामा दिँदै जाने हो भने न्यायापालिका बच्न सक्दैन ।’राणाले आफ्नो नियुक्ति संवैधानिक भएकाले बहिर्गमन पनि संवैधानिक तबरबाटै हुने बताउनुभएको थियो ।
सोमबार प्रधानन्यायाधीशले १३ जना न्यायाधीशका लागि ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेको थिए। तर, ती कुनै पनि इजलास बस्न सकेको थिएन। सत्ता गठबन्धनमा भाग खोजेको भन्दै चर्को आलोचना खेप्दै आएका प्रधानन्यायाधीश जबरामाथि राजीनामाको दबाब बढेको छ।
प्रतिक्रिया दिनुहोस्