ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा दोहोरो अङ्कको सुधार, कारोबार रकम बढेन


एबीसी / संवाददाता
कार्तिक ७, २०७८ आईतबार  ५ : २९ बजे

काठमाडौं । लगातार ओरालो लागेको धितोपत्र बजार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । लामो समयपछि नेप्सेमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २७.५१ अङ्कले बढेर दुई हजार ५८४.५२ मा पुगेको हो ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा देखिएको सुधारसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटि इन्डेक्ससमेत ७.२४ अङ्कले बढेर ४९०.६८ मा पुगेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने सस्तोमा समेटिएको छ । नेप्सेका अनुसार कूल २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर रु दुई अर्ब ७७ करोड ३४ लाख २० हजार १३५ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर मूल्य ओरालो लाग्यो भने १२ उपसमूहको शेयर उकालो लागेको छ । नेप्सेका अनुसार व्यापार उपसमूहको मात्रै शेयर मूल्य ओरालो लागेको छ ।
व्यापार ३२.४७ अङ्कले घट्दा बैंकिङ ६.१३, होटेल तथा पर्यटन ४३.१७, विकास बैंक ७२.२३, जलविद्युत् ६५.१४, वित्त ८९.२५, निर्जीवन बीमा ३९.५५, उत्पादन १०५.५४, अन्य ५५.५४, लघुवित्त ५३.९४, जीवन बीमा ६७.३१, सामूहिक लगानी कोष ०.१४ र लगानी ०.३४ अङ्कले बढेको छ । कारोबारका आधारमा आइसिएफसी फाइनान्स शीर्षस्थानमा रहेको छ । सो कम्पनीको १५ करोड ९१ लाख ८६ हजार ६०५ बराबरको कारोबार भयो । यस्तै, एनआइसी एसिया बैंक नौ करोड ३५ लाख १८ हजार ८३४, अरुण भ्याली हाइड्रोपावर रु आठ करोड ६४ लाख ६१ हजार ४००, युनाइटेड मोदी हाइड्रोपावर रु आठ करोड २२ लाख ७१ हजार ६३० र नबिल बैंक रु आठ करोड सात लाख १२ हजार ३९७ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।
नेप्सेका अनुसार वेस्ट फाइनान्स र रिडी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै, रिलायन्स फाइनान्स ८.९० बरुण हाइड्रोपावर ८.५४ र युनाइटेड मोदीका लगानीकर्ताले ८.५४ प्रतिशतले कमाए । यस्तै, मेरो माइक्रोफाइनान्स १०, सानिमा बैंक ३.७८, रुरु जलविद्युत् परियोजना २.३७, कर्णली डेभलपमेन्ट बैंक २.२६ र आरबिबी म्युचुअल फन्ड एकका लगानीकर्ताले २.०२ प्रतिशतले गुमाए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु २३ खर्ब १८ अर्ब ४३ करोड १४ लाख ६६ हजार ९८७ बराबर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

सम्बन्धित

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धि : लक्ष्य ठूलो, चुनौती अझ ठूलो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मन्त्रीको महललाई ‘नक्सा’ नचाहिने, गरिबको झुपडीलाई ‘डोजर’ चाहिने: सरकार, यो कस्तो ‘अटेरी’ न्याय?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com