ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेमा भाँडभैलो मच्चिइरहँदा एकीकृत समाजवादी भन्छ– हाम्रोमा एक महिनामै अभूतपूर्व उत्साह देखियो


एबीसी / संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले गठन भएको एक महिनामै पार्टी निर्माणकार्यमा अभूतपूर्व उत्साह देखिएको ठहर गरेको छ । पार्टीका तर्फबाट प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शनिवार एक महिनाको प्रगति विवरण सार्वजनिक गर्दै यो अवधीमा देशभरका कमिटी एवं जनसंगठनको विभिन्न तहका कमिटीमा लाखौं युवा संगठित हुने लहर चलेको दावी गर्नुभएको छ । नेकपा (एमाले) बाट विद्रोह गरी गठन भएको यस पार्टीले भदौ ९ गते निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको थियो ।

त्यसयता केन्द्रीय कमिटीलाई पूर्णता दिने र सम्पूर्ण प्रदेश तथा प्रदेश स्तरका कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिवसहितका पदाधिकारी तोकिएको प्रगति विवरणमा जनाइएको छ । त्यसैगरी केन्द्रीय आयोग र निकायहरु गठन भइसकेको, केन्द्रीय विभागका प्रमुख, उपप्रमुखहरु तोकिएको कुरालाई प्रगति विवरणमा समेटिएको छ । यसबीचमा देशका ७३ भौगोलिक जिल्ला र ४ वटा गैरभौगोलिक जिल्ला कमिटीहरु गठन भएको नेकपा एसले जनाएको छ । अहिले संघीय तथा प्रदेश स्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रियाले तीव्रता पाएको भन्दै प्रगति विवरणमा विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चहरुको गठनकार्य जारी रहेको जनाइएको छ । यसबीच, हाम्रो पार्टीका चार जना संघीय सांसदले संघीय सरकारको मन्त्रिपरिषद्मा सहभागिता जनाएको र एकजना राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी भएको विवरणमा उल्लेख छ ।

प्रदेश १ र बागमती प्रदेश सरकारको आगामी नेतृत्व नेकपा एसले गर्ने सहमति पँ“च दलीय गठबन्धनको बैठकले गरिसकेको उललेख गर्दै राष्ट्रिय राजनीति तथा राष्ट्रिय जनजीवनका हरेक क्षेत्रमा पार्टीको उपस्थिति, चासो र क्रियाशीलता दिनप्रतिदिन बढ्दो रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com