ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेमौसमी वर्षाको पीडा : काटेर राखेको धान खेतमै उम्रियो


एबीसी / संवाददाता

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त छन् ।सुकाउन राखिएको धान भिजेकाले उम्रिन थालेको छ । पानी सुक्न नपाएको खेतमा काटेको धानको परालसहितका बाला कुहिएका छन् ।

लालझाडी गाउँपालिकाको कञ्जका किसान नन्दला राना खेतको धान बाली भित्र्याउन नपाउँदै उम्रिन थालेपछि निकै चिन्तित हुनुभएको छ । “लगातारको चार दिनको वर्षाले खेतमा काटेर राखेको आधाभन्दा बढी धान बगाएर लग्यो”, उहाँले भन्नुभयो, “बग्नबाट बचेको धान उम्रिन सुरु भएको छ । केही धान बाला सहित कुहिएको छ ।” दुई बिघा खेतमा लगाइएको धान वर्षभरि खानका लागि राखेर रानाले बेच्नसमेत भ्याउनुहुन्थ्यो । बेचेको धानबाट परिवारको खर्च धानिँदै आएको थियो ।

“समयमै वर्षा हुँदा धान समयमै रोप्न पाएका थियौँ । खेतमा धानका बाला विगतको तुलनामा निकै राम्रो थियो”, उहाँले भन्नुभयो, “बाली भित्र्याउने बेलामा परेको पानीले सबै सखाप पा¥यो । बेच्दै आएको धान अब खरिद गरेर खानुपर्ने अवस्था आइलागेको छ ।” उहाँको जस्तै लालझाडी गाउँपालिकाका अधिकांश किसानको खेतमा काटेको धान दोदा नदीले बगाएकोे छ । खेतमा बचेको धान कुहिए पछि कामै नलाग्ने भएको छ । शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका किसान भोला चौधरीले पानी पर्नुअगावै खेतबाट धानका मुठा बाँधेर थ्रेसिङ गर्नका लागि थ्रेसरको खोजी गर्दै हुनुहुन्थ्यो । थ्रेसर खोज्न नपाउँदै पानी प¥यो । एक बिघा अधिया लगाएको पूरै धान खेतमै भिज्यो । “खेतबाट धान उठाउनै पाएनौँ”, उहाँले भन्नुभयो, “पानीले सबै धान भिज्यो । पानी पर्दै गरेका बेला खेतकै आलीमा लगेर धान राखे पनि बालामै धान उम्रिएको छ ।

धान लगाउनका लागि गरेको मिहिनेत खेर गयो । जोताइ, बीउ, मलखाद, सिँचाइ गर्दा र खेताला लगाउँदाको खर्चसमेत नउठ्ने भयो । परिवार पाल्नैका लागि मजदूरीमा जानुपर्ने अवस्था आइलाग्यो ।” कोरोनाको महामारी रहेकै बेला मजदूरी पनि पाउन मुस्किल भएको उहाँको भनाइ थियो । धान रोप्नका लागि महँगोमा मलखाद र बीउ खरिद गर्नुपर्ने, जोताइ, सिँचाइ र खेताला लगाउँदासमेत सहकारी र समूहबाट कर्जा लिनुुपर्ने अवस्थामा वर्षाले पूरै बालीमा नोक्सानी पु¥याए पछि किसान विचल्लीमा परेको नेपाल किसान सङ्घका केन्द्रीय सदस्य शेरबहादुर साउदले बताउनुभयो । “वर्षाका कारण धानबालीमा नोक्सानी बेहोरेका किसानलाई सरकारले तत्काल क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो, “किसान अन्नदाता हो । सबैको पेट पाल्दछ । किसान अप्ठेरोमा परेका बेला सरकारले हेर्नुपर्दछ । किसानले अन्न उत्पादन नगरे भोकभोकै बस्ने बेला आउन सक्छ । त्यसैले किसानको मार्कालाई बुझेर सरकारले मालपोत, सिँचाइमका लागि विद्युत् महशुल मिनाहासँगै अनुदानमा बीउबिजन उपलब्ध गराउने व्यवस्था गर्नुपर्दछ ।” वर्षाको पानीले खेतको धान नोक्सान भएकै बेला जङ्गली हात्तीले समेत बाँकी रहेको धानमा क्षति गर्न थालेकाले किसानलाई त्यसको समेत क्षतिपूर्ति दिइनुपर्ने उहाँको जिकिर थियो ।

मौसमविद्ले पहिल्यै भारी वर्षा हुने कुरा बताए पनि त्यो कुरा किसानसम्म पुग्न नक्दा धानबाली र तरकारी बालीमा ठूलो क्षति बेहोर्नुपरेको उहाँको भनाइ थियो । स्थानीय तहले समेत वर्षाको डुबान र बाढीबाट पीडित किसानको तथ्याङ्क सङ्कलन गर्न थालेका छन् । धान, तरकारी बाली र उखु बालीको क्षतिको विवरण सङ्कलन वडा कार्यालयबाटै गर्न थालिएको छ । शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले सात दिनभित्र वर्षाका कारण क्षति बेहोरेका किसानको विवरण सङ्कलन गरी पठाउनका लागि वडा कार्यालयलाई निर्देशन दिइएको बताउनुभयो । वडाले सङ्कलन गरेको विवरण नगर विपद् समितिमार्फत कार्यपालिकामा लगेर क्षतिपूर्तिका लागि प्रदेश र सङ्घीय सरकारलाई अनुरोध गरिने उहाँले जानकारी दिनुभयो । “नगरको बजेटले सबै किसानलाई क्षतिपूर्ति दिन भ्याउदैन” उहाँले भन्नुभयो, “प्रदेश र केन्द्र सरकारलाई अनुरोध गर्छौं ।”

बेलौरी, पुर्नवास, कृष्णपुर नगरपालिकासँगै लालझाडी र बेलडाँडी गाँउपालिकाले समेत वर्षाले धानबालीमा क्षति गरेको विवरण सङ्कलन अगाडि बढाएको छ । कृषि ज्ञान केन्द्रका अधिकृत रणबहादुर मल्लले स्थानीय तहका कृषि शाखामार्फत धानलगायत अन्य बालीको क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो । “जिल्लाका नौवटै स्थानीय तहका कृषि शाखामार्फत क्षतिको विवरण सङ्कलन भइरहेको छ”, अधिकृत मल्लले भन्नुभयो, “एक दुई दिनभित्रै क्षतिको विवरण उपलब्ध गराउन सकिन्छ ।” उहाँका अनुसार जिल्लाका २५ प्रतिशत किसानले मात्रै धान बाली भित्र्याउन पाएका छन् भने पचहत्तर प्रतिशत किसानको धान बालीमा वर्षाले क्षति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com