ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अझै पुन निर्माण सुरुआत हुन सकेन मेलम्ची खानेपानी बाँधस्थलको


एबीसी / संवाददाता

काठमाडौं । पहिराका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय गौरवको सो आयोजनामा आयोजनास्थल माथिबाट आएको पहिराको क्षतिग्रस्त संरचनाको मर्मत अझै सुरुआत हुन सकेको छैन । यही कात्तिक महिनासम्म वर्षा भइरहेकाले मेलम्ची बजारबाट अम्बाथानसम्मको सडक र पुल थप क्षति भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

आयोजनाले केही समय पहिले नै मर्मत सुरु गर्ने योजना बनाए पनि वर्षाका कारण ढिलाइ भइरहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “अझैसम्म पनि आयोजनास्थलमा यति नै क्षति पुग्यो भनी यकीन गर्न सकिएको छैन ।”

सडक नै खुल्न नसकेकाले अझै आयोजनास्थलमा उपकरण लैजान सकिएको छैन । पुलबजार–अम्बाथान सडक ठाउँठाउँमा भासिएकाले वैकल्पिक सडक खुलाउने योजना बनाइएको थियो । वैकल्पिक सडक खुलाउन अझै समय लाग्ने देखिएकाले खोलाको किनारबाट नै सडक खुलाइरहेको समितिले जनाएको छ । हेलम्बु गाउँपालिकाले सडक खुलाइरहेको किम्बुसम्म खोलाबाट नै खोलिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस माथि सडक बनाउन गाउँपालिकाले समितिसँग थप बजेट माग गरिरहेको छ ।”

उपकरण पुग्नका लागि बाटो चाहिने भए पनि त्यो नहुँदा अझैसम्म लैजान सकिएको छैन । गाउँपालिकाले सडक खुलाइरहेकाले ऊसँगको छलफलले कहिलेसम्म खुल्छ भनेर थाहा हुने उहाँले बताउनुभयो । यही समयमा वैकल्पिक सडक खुलाउने काम सुरु भएको छ । सूचना अधिकारी पन्तले भन्नुभयो, “अहिले भइरहेको सडकभन्दा नयाँ ट्याक खोल्नुपर्दा बढी समय लाग्नसक्छ ।”

समितिले असोजमा सडक खुलाउने योजना बनाएको भए पनि वर्षाको कारणले सकिएको छैन । पूरानो ट्र्याक खोला नजिकैबाट भएकाले अहिले त्यहीँबाट खोल्नुपर्ने छ । खोलामा पानीको बहाव कम भएपछि मात्रै सकिने भए पनि वर्षा नरोकिएकाले तत्काल काम गर्न नसकिएको हो । जुनजुन ठाउँमा क्षति पुगेको छ त्यहाँ बनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चनौटेको रातो पुलभन्दा माथि ठाउँठाउँमा सडकमा क्षति पुगेको छ ।”

हेलम्बु गाउँपालिकाले सडक खुलाउन काम गरिरहेको छ । चनौटेमा हिमपाइप राखेर क्रसिङ बनाएको छ । ठाउँठाउँमा काम गरिरहे पनि वर्षा पूरै नरोकिएकाले पुनःक्षति पुगेको आयोजनाले जनाएको छ ।

वर्षाले आयोजनाको सुरुङबाहेक अरु संरचनामा क्षति पुगेको अनुमान गरिएको छ । ‘हेडवर्क’ लगायतका संरचनामा क्षति पुगेको अनुमान गरिए पनि त्यसको यकीन हुन नसकेको उहाँले बताउनुभयो । यहाँ रहेका संरचना पुरिएकाले त्यहाँ पुगेका प्राविधिकले अझै क्षति यकीन गर्न नसकेका हुन् । उहाँले भन्नुभयो, “उपकरणले पुरिएका संरचना बाहिर ल्याएपछि मात्रै क्षतिको अनुमान गर्न सकिनेछ ।”

आयोजनास्थलमा कैयौँ फिट माथिसम्म पनि नदीजन्य पदार्थ थुप्रिएको छ । एकैपटक त्यसलाई सफा गर्न सकिने अवस्था नरहेको सूचना अधिकारी पन्तले बताउनुभयो । साँघुरो ठाउँ भएकाले एकैपटक धेरै उपकरण लैजान नसकिने उहाँले बताउनुभयो ।

दीर्घकालीनरुपमा थुप्रिएका सबै पदार्थ सफा गर्नुपर्ने भएकाले त्यसका लागि लामो समय लाग्नसक्छ । अहिलेका लागि अस्थायीरुपमा सानो क्षेत्रबाट पानी निकाल्न सकिन्छ कि भन्ने अनुमान गरिएको छ । उपकरण लगेपछि मात्र कसरी त्यहाँ पानी निकालेर र सुरुङमा पठाउन सकिन्छ भनी थाहा हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले त्यहाँ धेरै नदीजन्य पदार्थ थुपारिएकाले त्यसको व्यवस्थापनको चुनौती छ ।”

खानेपानी मन्त्रालयले यो वर्षभित्र ९आगामी चैतसम्ममा० उपत्यकामा पुनः पानी ल्याउन सकिने बताउँदै आएको छ । सडक र यहाँको नदीजन्य पदार्थ सफा गर्न कति समय लाग्छ भनी अनुमान गरेर त्यसैका आधारमा पानी पुनःल्याउने लक्ष्य तोकिएको हो ।

निर्माण सुरु भएको दुई दशकपछि सम्पन्न सो आयोजनाको पानी गत फागुनमा परीक्षणका लागि सुरुङमा पठाइएको थियो । त्यसअघि गत वर्ष असारमा सुरुङको परीक्षण गरिएको भए पनि गेट निस्कँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । पछिल्लो पटक काठमाडौँ उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी वितरण सुरु भएको थियो । काठमाडौँ उपत्यकाको खानेपानीको समस्या हट्न थालेको भए पनि अहिले पुनःसमस्या देखिन थालेको छ । हिउँद लागेसँगै उपत्यकामा खानेपानीको समस्या बढ्ने गरेको छ ।

कार्यतालिकाका आधारमा गत असार १ देखि सुरुङको निरीक्षण थालिएको थियो । तीन महिनामा निरीक्षण सकेर असोजदेखि पुनः पानी सुन्दरीजल झारिने लक्ष्य लिइएको भए पनि अहिले भएको प्राकृतिक विपत्तिले अब काठमाडौँमा मेलम्चीको पानी कहिले झर्छ भन्न सकिने अवस्था भने छैन ।

आयोजनाको मुख्य संरचनाका रुपमा रहेको सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भइसकेर ‘हेडवर्क’ को अन्तिम काम भइरहँदा बाढीले संरचनामा क्षति पु¥याएको थियो । अहिले सुरुङ र पानी प्रशोधन केन्द्रमा क्षति नपुगेको भए पनि ‘हेडवर्क’ मा क्षति पुगेको अनुमान गरिएको छ । निर्माण कम्पनीले कामदार बस्न बनाइएका सबै संरचना पनि पुरिएका छन् ।

गत असारभन्दा पहिलेसम्म पहिलो आयोजना सकिएपछि दोस्रो चरणको आयोजनाको निर्माणअघि बढाउन तयारीको काम भइरहेको थियो । दोस्रो आयोजना निर्माणका लागि सडकलगायतका पूर्वाधार निर्माण अघि बढाइएको भए पनि अहिले त्यो ठप्प छ । सरकारले त्यस क्षेत्रमा आगामी वर्षमा पनि पहिराको जोखिम रहेकाले त्यसको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com