काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान हुने भएको छ । आज प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने सहमति भएको हो । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले आजको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश हुने र आइतबार मतदान हुने बताउनुभयो ।
आजको बैठकमा भने मुख्यमन्त्री राईले प्रदेशसभासमक्ष विश्वासको मत माग्नेछन् । त्यसपछि मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा दलीय प्रतिनिधित्वको आधारमा नेताहरुले धारणा राख्नेछन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएस“गै प्रदेशसभामा बहुमत गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्