कर्णाली । कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुर्घटना बीमाबाट दुई लाख रुपैया“ उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकले दुर्घटना बीमाबाट तत्काल दुई लाख रुपैया“ उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेश सरकारले प्रदेशका नागरिकको सामूहिक विपद् दुर्घटना बीमा गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले राहत स्वरुप तत्काल बीमाबाट रकम उपलब्ध गराइने जानकारी दिनुभयो । कर्णाली प्रदेशमा पछिल्लो समय बाढी पहिरोबाट सात जनाको ज्यान गएको छ ।
बाढी पहिरोमा परेर चार जना घाइते हुनुका साथै एक जना बेपत्ता भएका छन् । यस्तै, विपदमा परि घाइते भएका व्यक्तिहरुको उपचार निःशुल्क गर्ने र बन्द भएका सडक, पुल, खानेपानी, सि“चाइ र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सञ्चालन गर्ने गरी काम थाल्ने निर्णय भएको उहा“ले बताउनुभयो । यस्तै, खेतीबालीमा भएको क्षतिको यकिन विवरण सङ्कलन गरी किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्ने, पूर्णरुपमा क्षति भएका घरहरुको विवरण सङ्कलन गरी सङ्घीय र स्थानीय सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्स्थापना गर्ने, विपद्का कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत सङ्कलन गरी पुनःनिर्माणको व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्