काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसको महामारी अझै कम्तिमा एक वर्ष रहने जनाएको छ ।
संगठनका वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी आशा गरिएको समयभन्दा निकै ढिलोसम्म रहीरहने चेतावनी दिनुभएको हो । विश्वमा कोरोना विरुद्धको खोपको असमान वितरण नैं महामारी नियन्त्रणको मुख्य चुनौती बनेको उहाको तर्क छ । अफ्रिकी महादेशमा अहिले ५ प्रतिशतले मात्रै कोरोना विरुद्धको खोप पाएको डब्लुएचओले जनाएको छ ।
अन्य महादेशमा यो संख्या कम्तिमा ४० प्रतिशत माथि छ । यसको अर्थ सन् २०२२ भर पनि विश्वमा कोरोना महामारी रहिरहने देखिएको छ । विश्वका सम्पन्न तथा खोप उत्पादनमा अगाडी रहेका मुलुकहरुले गरिब देशहरुमा खोपको आपुर्ती नबढाउने हो भने कोरोना भाइरसमाथि जित हात पार्न नसकिने पनि डब्लुएचओको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्