कास्की । कास्कीको पर्यटकीय गाउ घान्द्रुकमा बोलेरो जिप दुर्घटना हु“दा ८ जनाको मृत्यु भएको छ ।
जीपमा सवार ९ जनामध्ये १ जना भने भीरमा अड्किएर बा“च्न सफल भएका छन् । पोखराको हरिचोकबाट २ बजे घान्द्रुकको लागि छुटेको ग १ज ६९०० नम्बरको जिप अन्नपूर्ण गाउ“पालिका–१० कालभिरमा दुर्घटना भएको थियो । जीप मोदी खोलामा खसेको स्थानीयले बताएका छन । दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना काठमाडौं महानगरपालिका– ३ गोंगबुबाट घान्द्रुक घुम्न गएका विद्यार्थी रहेको प्रहरीले जनाएको छ । अर्का मृतक भने जीप चालक कास्की अन्नपूर्ण गाउ“पालिकाका ४२ वर्षीय खुसीमान क्षेत्री हुन् । दशैं विदामा पोखरा घुम्न आएका काठमाडौं महानगरपालिका– ३ गोंगबुका विद्यार्थी र उनीहरुलाई लिएर घान्द्रुक जाँदै गरेका जिपचालक दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा ज्यान गुमाउनेमा गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउ“का २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुन चौधरी, २२ वर्षीय अचुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउ“ बस्ने गोरखाका २७ वर्षीय एक जना विद्यार्थी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते २० वर्षीय देविका घिसिङको सकुशल उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयका डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो । घान्द्रुक जाने सडक हुदु कलडा“डा भीरमा निकै बिग्रेको छ । उकालो र घुम्ती कटाउन लाग्दा जीप ब्याक भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको घटनास्थल पुगेका कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्