काठमाडौं । नेकपा एमालेले रुपन्देहीको मोतीपुरमा सुकुम्बासी मारिएको घटनाको विषयमा सरकारको जवाफ मागेको छ ।
राष्ट्रियसभा बैठकको शुरुमै बोल्दै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले आफ्नै जिल्लामा सुकुम्बासी मारिंदा गृहमन्त्री बालकृष्ण खा“ण मुकदर्शक बनेको आरोप लगाउनुभयो ।
आज अरुका लागि दशैं आए पनि सुकुम्बासीका लागि दशा आएको उहाको भनाइ थियो । भट्टराईले त्यही जिल्लाका गृहमन्त्री कुन नैतिकताका ाधारमा कुर्सीमा बसिरहनुभएको छ भन्ने प्रश्न गर्नुभयो आइतबार बुटवल उपमहानगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउ“दा ४ जनाको मृत्यु भएको थियो । सांसद भट्टराईले यो घटनाले गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको बताउ“दै मोतीपुर घटनाको निष्पक्ष छानबिन गर्न, घाइतेको उपचारका प्रबन्ध गर्न, मृतकको क्षतिपूर्तिको प्रबन्ध गर्न पनि माग गर्नुभयो ।
सुकुम्बासी मारिंदा पनि सरकारले केही प्रतिक्रिया नदिएको भन्दै सांसद भट्टराईले सरकार आ“खा, कान र मुख नभएको जस्तो देखिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्