काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक राख्नुभएको हो । बैठक केहीबेरमै सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ भने उहांहरुको राष्ट्रपति भवन शीतल निवासमा साँझ शपथ भएको थियो । शपथलगत्तै बैठकमा सहभागी हुन मन्त्रीहरु सिंहदरबारतिर लागेका छन् । आज राष्ट्रपतिले १६ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएका हो । मन्त्रिपरिषद्का बैठकपछिमात्रै नवनियुक्त मन्त्रीहरुको पदभार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्