काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले सरकार गठनको ८८ दिनपछि आज मन्त्रिपरिषद विस्तार गर्नुभएको हो । सरकार विस्तारमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) लाई समेटिएको छ । पा“च दलीय गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री बन्नुभएको हो । यसपालि कसैलाई पनि उपप्रधानमन्त्री बनाइएको छैन । यसअघि कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिएका थिए भने नेकपा माओवादी केन्द्रबाट दुई जनालाई मन्त्री थिए ।
अरू मन्त्रालय करिब तीन महिना देउवाले आफैंस“ग राख्नुभएको थियो । सरकार विस्तारमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि कानुनमन्त्री रहेका कार्कीले सञ्चारको जिम्मेवारी पाउनुभएको हो । उहा“ कानुनमन्त्रीका रुपमै सरकारको प्रवक्ता समेत हुनुहुन्थ्यो । कांग्रेसबाट यसअघि बालकृष्ण खा“ण गृह, नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त हुनुएको छ । यस्तै, प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशी श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।
माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल हुनुहुन्छ । त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट प्रेम आले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, रामकुमारी झा“क्री सहरी विकासमन्त्री बन्नुभएको छ । प्रधानमन्त्री देउवाले सुरु देखिनै महत्व दिएर राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा विरोध खतिवडाले पाउनुभएको छ । स्वास्थ्य राज्यमन्त्रीमा एकीकृत समाजवादीकै भवानीप्रसाद खापुङ नियुक्त हुनुभएको छ । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)बाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरणमन्त्री र प्रमोद साह कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिनुभएको छ । हमाल देउवा सरकारमा सामेल एक मात्र गैरसांसद हुनुहुन्छ ।
स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई सरकार विस्तारमा प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा लगिएको छ । नवनियुक्त मन्त्रीहरुले आजै सा“झ पद तथा गोपनियताको शपथ लिएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यसअघि नवनियुक्त २ राज्यमन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पद तथा गोपनियताको शपथ लिएका थिए । देउवाले स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवलाई शपथ पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्