काठमाडौं उपत्यकामा दशैं लक्षित खसि बोका भित्रिन थालेको छ ।
कोरोना संक्रमणको जोखिम कम भएस“गै खसि बोका किन्नेको भीड बढ्न थालेको हो । कोरोना संक्रमण फैलनु अघिका वर्षझैं पर्याप्त मात्रामा खसि बोका नआएको कारण मुल्यमा वृद्धि भएको छ । हिमाली जिल्लाबाट आउने च्याङ्ग्राहरु पर्याप्त नआए पनि खसि बोकाहरु काठमाडौंका मुख्य बजारमा आउन थालेको छ । काठमाडौं भित्रिने पशु चौपायको स्वास्थ्य परिक्षण गरेर मात्र ल्याइने व्यवसायीले बताएका छन् ।
अघिल्ला वर्षहरुमा जिउ“दो च्याङ्ग्रा प्रतिकेजी ७/८ सय रुपैयामा पाइने अहिले प्रतिकेजी १३,/१४ सय रुपैया मुल्य पर्न थालेको किन्न आउने उपभोक्ताहरुले गुनासो गरेका छन् । कोरोना संक्रमणको जोखिमको कारण सीमा नाका नखुल्दा च्याङ्ग्राको मुल्य बढेको छ ।
काठमाडौंमा अहिले मकवानपुर, धादिङ, गोरखा तथा रसुवाको दक्षिण भेग र नुवाकोटबाट खसि बोका आउन थालेको छ । जिउ“दो खसि बोका सरदर प्रतिकेजी ७ सय रुपैयादेखि ८ सय रुपैयामा विक्रि भइरहेको व्यवसायीले बताएका छन् ।
काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडल पनि खसि बोका विक्रि गर्दै आएको छ । कम्पनिले भोली शुक्रवारबाट खसि बोका विक्रि गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्