ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश १ सरकारको पहिलो निर्णय नै अलपत्र


एबीसी / संवाददाता

मोरङ । प्रदेश नं १ को मन्त्रिपरिषद्को बैठकले प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम सञ्चालन नियमावली २०७८ लाई स्वीकृत गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार देवेन्द्र कार्कीले जानकारी दिनुभयो । यसैगरी बैठकले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन नियमावली २०७८ लाई पनि स्वीकृत गर्ने निर्णय गरेको छ । केही स्थानीय तहको वडाको सङ्ख्या र सिमाना हेरफेरसम्बन्धी स्थानीय तहले प्रस्ताव प्रदेशलाई गर्ने र प्रदेशले सङ्घलाई सिफारिस गर्ने संवैधानिक प्रावधानअनुसार सङ्खुवासभाको धर्मदेवी नगरपालिका, इलामको इलाम नगरपालिका, उदयपुरको बेलका नगरपालिका, धनकुटाको महालक्ष्मी गाउँपालिका र खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले प्रस्ताव गरेअनुसार वडाको सङ्ख्या र सिमाना हेरफेरका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गर्नुका साथै ती स्थानीय तहले वडाको सङ्ख्या वृद्धि गर्न सिफारिस गरिएको निर्णय गरेको छ ।

प्रदेशको राजस्वको स्रोत अत्यन्त न्यून भएकाले राजस्व स्रोत पहिचानका लागि पाँच सदस्यीय उच्चस्तरीय राजस्व अनुसन्धान कार्यदल गठन बैठकले गर्नुका साथै कार्यदलले प्रदेशको आन्तरिक राजस्वको स्रोत पहिचान, वृद्धि र सम्भावनाबारे अध्ययन गर्नेछ । बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ लाई स्वीकृत गरी नियमावली स्वीकृत भएपछि सरकारले अब चाँडै प्रदेश पर्यटन बोर्ड गठन गर्नेछ ।

उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय मातहतमा रहेका छ जना अस्थायी कर्मचारीको असार मसान्तसम्म म्याद थप्ने निर्णय बैठकले गरेको सल्लाहकार कार्कीले जानकारी दिनुभयो । बैठकले प्रदेशका १४ वटै जिल्लामा विषयगत कार्यालय स्थापना गर्ने विषयमा मस्यौदा प्राप्त भएको र थप अध्ययन गरी अर्को बैठकले निर्णय गरी कार्यालय स्थापनाको प्रक्रिया सुरु गरिने भएको छ भने १४ जिल्लामा विषयगत कार्यालय स्थापनाको निर्णय यसअघि नै भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com