ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वदेशमा रोजगारीको अभाव : चाडकै मुखमा समेत भारत जानेको लर्को


एबीसी / संवाददाता

काठमाडौं । दसैँ–तिहार जस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ । तर कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दसैँको पहिलो दिन आज पनि मजदूरीका लागि भारत जाने धेरै भेटियो ।

कोरोना भाइरस सङ्क्रमणका कारण स्वदेश फर्किएकाहरु चाडपर्वको मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका हुन् । कोरोनाको दोस्रो लहर सामान्य बन्दै गएसँगै यहाँबाट मजदूरीका लागि बाहिरिनु बाध्यता रहेको पीडा जानेबाट सुनिन्छ । “दसैँको टीका छाडेर जाने रहर हामीलाई पनि कहाँ थियो र १” बिहीबार बिहान भारतको सिमला जाँदै गरेका डडेल्धुराका राजबहादुर बुढाऐरले भन्नुभयो, “छाक टार्न समस्या भए पनि के दसैँ के तिहार ।”

कोरोना सङ्क्रमण बढ्दा गत चैतमा स्वदेश आएका उहाँले गाउँमा बेरोजगार बस्दा परिवार पाल्न समेत धौधौ भएको बताउनुभयो । दसैँ–तिहार भन्दा पनि कोरोना सामान्य बन्दै जाँदा नोकरीका लागि भारत जाने गाउँबाट पलायन हुने क्रम बढिरहेको उहाँको भनाइ छ । त्यसैगरी बिहीबार बिहान भारतको हरिद्धार गइरहेका दार्चुलाका केशव जोशीको पनि पीडा उस्तै छ । “दश वर्षभयो हरिद्वारमा काम थालेको हो”, उहाँले भन्नुभयो, “यो वर्ष कोरोनाबाट परिवारका सदस्य बिते, दसैँ नहुने घरमा बसेर के गरौंँ भनेर भारत जाने लागेको हुँ ।” उहाँले परिवारको खर्च र बालबालिकाको पालनपोषण भारतीय नोकरीले नै भइरहेको बताउनुभयो ।

त्यस्तै डोटीका धनादेवी रावतले दसैँ छाडेर जाँदा मन अमिलो भइरहेको बताउनुभयो । “सबैको घरमा आज दसैँको उल्लास सुरु भयो”, उहाँले भन्नुभयो, “गरिबलाई न खुसी नत सुख नै मिल्दो रहेछ ।” इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले घटस्थापनाको दिन यस नाकाबाट एक सयभन्दा बढी नेपाली मजदूरीका लागि भारततर्फ गएको बताउनुभयो । “आउने बढिरहेको भए पनि जाने क्रम दसैँले छेकेको छैन्”, उहाँले भन्नुभयो, “हामीले चाडपर्वका बेला हुने आपाराधिक गतिविधि नियन्त्रणमा पनि सक्रियता बढाएका छौं ।” उहाँले अहिले सीमा नाकामा सुरक्षा जाँचका लागि प्रदेश प्रहरी कार्यालयबाट कुकुरसमेत परिचालन भएको जानकारी दिनुभयो । उहाँका अनुसार विगत एक सप्ताहको तथ्याङ्क हेर्ने हो भने दैनिक रुपमा २५० देखि ५००÷६०० सयसम्म नेपाली नागरिक मजदूरीका लागि भारततर्फ जाने गरेका छन् ।

कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट नाकाबाट बुधबार मात्रै ३७० जना रोजगारीका लागि भारतका विभिन्न शहर गएका छन् । “विगतका वर्षहरुमा यो समयमा सीमानाकामा दशैं मनाउन घर आउनेहरुको लर्को देख्न पाइन्थ्यो”, उहाँले भन्नुभयो, “यहाँबाट भारतको दिल्ली, देहरादुन, बङ्ग्लोर, पञ्जाव, सिमलालगायतका सहरतर्फ बढी जाने गर्छन् ।” प्रहरीले यात्रुको सहजीकरणका लागि नाकामा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी यहाँको डोकेबजार नाकाबाट पनि दसैँको मुखमा भारत जाने क्रम चलिरहेको छ । डाकेबजारस्थित प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक दीपेन्द्र थापाले भारत जाने क्रम कम भए पनि नरोकिएको बताउनुभयो । “यो नाकाबाट प्रायः बेलुकीतिर मजदूरीका लागि नेपाली नागरिक भारततर्फ जाने गर्छन्”, उहाँले भन्नुभयो, “बुधबार मात्र एक सय ११ जना रोजगारीका लागि भारततर्फ गएको तथ्याङ्क छ ।” उहाँले भारतबाट दैनिक ९०० भन्दा बढी नेपाली आइरहेको जानकारी दिनुभयो । “चाडपर्वका बेला भएकाले घर बिदामा आउने बढिरहेका छन्”, उहाँले भन्नुभयो, “अहिले नाकामा आवागमन सहज पारिएको छ ।”

सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य हो, भारत । गाउँमा रोजगारी नपाइनुले पनि उनीहरु कोरोना भाइरस सङ्क्रमणकै बीच रोजगारीका लागि पुनः भारततर्फ जाने क्रम बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

काठमाडौं, २२ साउन । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस

कामचलाउ सरकारले संसद्लाई बिजनेस दिन मिल्दैन : प्रदीप ज्ञवाली

काठमाडौँ, २२ साउन । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले निर्वाचन घोषणापछि कामचलाउ भएको सरकारले संसदलाई बिजनेस दिन नमिल्ने बताएका छन् । उनले नियमित सरकारले जस्तो

ठाकुर र यादवसँग सिके राउतको भेट

काठमाडौं, २२ साउन। सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ

सम्बन्धित

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

‘अर्थमन्त्री शर्माको मातहतमा कुनै कर्मचारी बस्न चाँहदैनन्’

कामचलाउ सरकारले संसद्लाई बिजनेस दिन मिल्दैन : प्रदीप ज्ञवाली

ठाकुर र यादवसँग सिके राउतको भेट

गठबन्धन राजनीतिकमा छुवाछुत छैन – झलक सुवेदी, राजनीतिक विश्लेषक

सप्तकोसी आसपासका क्षेत्रमा जोखिम कायमै : तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com