काठमाडौं । मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक जारीे छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकले सबै दलबाट पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउने बताइएको छ । दलहरुबीच आज मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएपछि नेकपा माओवादी केन्द्रले बुधबार नै मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । यस्तै नेकपा एकीकृत समाजवादीले पनि विहीबार मध्यान्ह बसेको स्थायी कमिटीले नाम टुंगो लगाएको छ । यसैगरी जनता समाजवादी पार्टी (जसपा)ले पनि मन्त्री बन्नेहरुको नाम तय गरिसकेको छ ।
अहिलेको बैठकमा केही मन्त्रालयका विषयमा समझदारी बनाएर आजै मन्त्रीहरुको शपथ गराउने तयारी छ । गठबन्धनबीचमा कुन दलले कुन कुन मन्त्रालय लिने समझदारी भएपनि केही मन्त्रालयका बारेमा एकीकृत समाजवादी र जसपाले असन्तुष्टि जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्