काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ ।
केहिबेरमा बस्ने बैठकमा आफ्नो समूहबाट सरकारमा जाने मन्त्रीको नाम चयन गर्न पौडेल समूहको बैठक बस्न लागेको हो । मन्त्रालय भागबण्डामा कुरा मिलेपछि भोलिसम्म मन्त्रिपरिषद् विस्तारको तयारी छ । कांग्रेसको भागमा आठवटा मन्त्रालय परेको छ । संस्थापन समूहबाट तीन मन्त्री र एक राज्यमन्त्री चयन भइसकेका छन् । बा“की चार मन्त्रीमध्ये तीन मन्त्रालय संस्थापन इतर समूहले पाउने भएका छन् ।
त्यसमध्ये पौडेल समूहको भागमा दुईवटा मन्त्रालय परेका छन् । एउटा मन्त्रालय कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो समूहसंग राख्ने हुनुभएको छ । दुई मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे छलफल गर्न बैठक बस्न लागेको महामन्त्री डा. शशांक कोइरालाको सचिवालयले जनाएको छ । पौडेल समूहमा मन्त्रीका लागि केन्द्रीय सदस्यहरु सुजाता कोइराला, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी र राजन केसीको नाम चर्चामा छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट उमाकान्त चौधरीको नाम सिफारिस भएको जनाइएको छ । सिटौला समूहले आफ्नो समूहबाट आलोपालो मन्त्री बनाउ“दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्