काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी अनुसन्धान कार्यमा कसैसंग सम्झौता नगर्ने संगठन भएको बताएका छन् ।नेपाल प्रहरी कुनै शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको प््रधानमन्त्रीको भनाइ छ । ६६ औं प्रहरी दिवसको अवसरमा आज काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा संगठित एवं विद्युतीय सञ्जालमा आधारित भएर विश्वभरि फैलिएका अपराधका नया“ प्रवृत्ति र शैलीप्रति चनाखो रहन प्रहरीलाई सुझाव दिनुभयो ।
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा सुरक्षा निकायलाई सक्षम, निष्पक्ष, पारदर्शी र उत्तरदायी रुपमा सञ्चालन गर्दै सुरक्षा अंगको व्यावसायिकतामा जोड दिने कुरा समावेश गरिएको बताउनुभयो । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खा“णले अपराध अनुसन्धान तथा त्यसको नियन्त्रण, अनुशासन र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी रहेको नेपाल प्रहरीलाई साधनस्रोत सम्पन्न गराउने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन तत्कालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयनमा लागेको बताउनुभयो । व्यावसायिक, जुझारु र आ“टिला प्रहरी कर्मचारीका कारण नेपाल प्रहरीको अविच्छिन्न अस्तित्व रहेको बताउनुभयो ।
समारोहमा प्रधानमन्त्री देउवाले पहिलो महिला प्रहरी (पूर्व प्रहरी सहायक निरीक्षक) चैतमाया डंगोललाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गर्नुभएको थियो । समरोहमा प्रधानमन्त्री देउवाले अच्युत–मीना अमर प्रहरी परिवार पुरस्कार तथा छात्रवृत्ति प्रदान गर्नुभएको थियो । त्यसअघि प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँडले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । प्रहरी दिवसको अवसरमा यस वर्ष कर्तव्य पालनाको सिलसिलामा अमरत्व प्रदान गर्ने ३३ प्रहरीका परिवारलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्