काठमाडौं । बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ दलहरुले बताएका छन् ।
आज विहान सत्तारुढ दलका शीर्ष नेताहरुबीच मन्त्रालय भागवण्डाबारे छलफल भएको थियो । बालुवाटारमा भएको प्रधानमन्त्री एवं छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी हुनुभएको थियो ।
नेताहरुका अनुसार शीर्ष नेताहरु सहमतिनजिक पुगेका छन् । ‘आजै साँझसम्म वा भोलि फेरि बैठक बस्छौं र पर्सिसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ’ एक नेताले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्