काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनको प्रक्रिया शुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो नलाग्नु बिडम्बना भएको बताउनुभएको छ । आज नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको नेतृत्व चयनपछि पदाधिकारीहरुलाई बधाइ दिँदै उहाँले महाधिवेशनको प्रक्रिया शुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको बताउनुभएको हो ।
उहाँले पार्टीका केन्द्रिय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगरमै जिल्ला कार्यसमितिको निर्णयलाई लत्याएर एकलौटि निर्णय भएको भन्दै आक्रोश पोख्नुभयो । उहाँले अबको महाधिवेनबाट युवा पुस्ताले पार्टीको नेतृत्वलाई सम्हाल्ने विश्वास व्यक्त गर्नुभयो ।नेता सिंहले महाधिवेशनपछि पार्टीमा भएका कमीकमजोरीहरुलाई सुधार गर्ने प्रतिवद्धता जनाउनुभयो ।







प्रतिक्रिया दिनुहोस्