ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेट घट्यो


एबीसी / संवाददाता
आश्विन ११, २०७८ सोमबार  ५ : ३० बजे

काठमाडौं । आइतबार जस्तै आज पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ७३.०५ अङ्कले ओरालो लागेर दुई हजार ६८५.४१ मा ओर्लिएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.९४ अङ्कले घटेर ५०६.३३ मा ओर्लिएको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत घटेको छ ।

कूल २२७ कम्पनीको एक करोड चार लाख ७८ हजार ६८ कित्ता शेयर रु पाँच अर्ब १२ करोड नौ लाख ७३ हजार ९६ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ५९ अर्ब ११ करोड २३ लाख ९० हजार बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४४.०८, व्यापार ४१.२६, होटल तथा पर्यटन ९०.१२, विकास बैंक १९४.१, जलविद्युत् ८०.६१, वित्त ११२.९६, निर्जीवन बीमा ४३९.२८, उत्पादन १०४.३९, अन्य ४३.०२, लघुवित्त १३२.४९, जीवन बीमा ४३७.१७, सामूहिक लगानी कोष ०.१६ र लगानी २.८६ विन्दुले ओरालो लागे । कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड ४९ लाख ७१ हजार २३० बराबरको कारोबार भयो ।

युनाइटेड मोदी हाइड्रोपावर रु १३ करोड ५१ लाख ८८ हजार ३८, हिमालयन डिस्टिलरी रु १२ करोड ९२ लाख १८ हजार ७६०, नेपाल बैंक लिमिटेड रु १२ करोड ८५ लाख ४९ हजार ६९३ र नेशनल हाइड्रोपावर रु ११ करोड ९८ लाख ४० हजार ९४१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । कारोबारका आधारमा मनकामना स्मार्ट लघुवित्त ९.९९, मैलुङ ओला जलविद्युत् कम्पनी ९.९७, गोर्खाज फाइनान्स ६.०८, मिर्मिरे माइक्रोफाइनान्सको संस्थागत शेयर ४ र एनआइसी एशिया बैंकको ऋणपत्रका लगानीकर्ताले १.९२ प्रतिशतले कमाए । यसैगरी गुडविल फाइनान्स ७.८३, युनाइटेड इदी मर्दी हाइड्रोपावर ७.७३, नेपाल फाइनान्स ७.७२, कालिका पावर कम्पनी ७.७१ र पोखरा फाइनान्सका लगानीकर्ताले ७.२० प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com