काठमाडौं । भौतिक उपस्थितिमा प्रतिनिधि सभाको बैठकको रिपोर्टिङ गर्न पत्रकारहरूलाई संसदको मिडिया सेन्टरमा प्रवेश रोकिने भएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रत्यक्ष उपस्थित भएर रिपोर्टिङ गर्न रोकिएको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । संसद सचिवालयले संसद बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएकाले त्यसैमार्फत रिपोर्टिङ गर्न सकिने उहांंले बताउनुभयो ।
पत्रकार कक्षमा लाईभ स्ट्रिमिङ गर्नका लागि मात्र केही व्यक्तिलाइ प्रवेश दिने उहांंको भनाइ छ । आज अपराह्न ४ बजे प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दैछ । संसद सचिवालयले युट्युव मार्फत संसद बैठकको प्रत्यक्ष प्रशारण गर्दै आएको छ । यसअघि भने संसद भवनको मिडिया सेन्टरमा भौतिक रूपमा उपस्थिति भएर पत्रकारहरूले रिपोर्टिङ गर्दै आएका थिए । संसदको मिडिया सेन्टरसम्म पत्रकारको पहुँचको लागि संसदीय मामिला पत्रकार समाजले संघीय संसद सचिवालयलाई ध्यानाकर्षण गराउँदै छ ।
प्रतिक्रिया दिनुहोस्