ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुरको बालकुमारी मन्दिर पुनःनिर्माण अघि बढ्यो


एबीसी / संवाददाता

ललितपुर । ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिर पुनःनिर्माण अघि बढेको छ । विसं २०७२ को भूकम्पले सो मन्दिरको भित्ता चिराचिरा परेकाले फलामको टेका दिएर पालसमेत हालेर राखिएको थियो ।

कुमारीलाई नजिकै रहेको सत्तलमा सारी मन्दिरको गजुर निकालेर माथिबाट भत्काउन थालिएको बालकुमारी मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष खड्गलाल महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाले विनियोजन गरेको रु ५० लाख र जनश्रमदानबाट उठेको रु छ लाख गरी कुल रु ५६ लाखले हाललाई काम अघि बढाएका छाँै ।” मन्दिर पुनःनिर्माणमा कुल रु चार करोड ४१ हजार रकम खर्च हुने अनुमान गरिएकाले दाताबाट रकम सङ्कलन गरी सम्पन्न गर्ने भएको महर्जनले जानकारी गराउनुभयो ।

सो मन्दिर ठेक्कामा निर्माण गर्न दिँदा गुणस्तर कमी हुने भएसँगै समितिमार्फत अघि बढेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “पाटनमा शक्तिपीठका रूपमा पूजिने अष्टमातृकाका मन्दिरमध्ये यो दशैँका बेला सबैभन्दा बढी पूजापाठ हुने र प्रत्येक वर्षको घोडेजात्रासमेत यही मन्दिर भएर सुरुआत गरिन्छ ।” प्यागोडाअर्थात् छाने शैलीमा निर्माण भएको उक्त तीन तले मन्दिरका कयौँ पुराना साम्रगी पुनः प्रयोग गर्न मिल्ने हुँदा १८ महिनाभित्र काम सम्पन्न गर्न समय तोकिएको महर्जनले जानकारी गराउनुभयो ।

नेपाल संवत ७४२ मा सिद्धिनरसिंह मल्लको पालामा सो मन्दिर मात्र एक तले पुनःनिर्माण भएको थियो र पछि फेरि योगनरेन्द्र मल्लको पाला नेसं ८१७ मा दुई तला थपी गरी तीन तला बनाइएको शिलालेखमा उल्लेख छ । पाटनका कृष्ण, तलेजु, भीमसेन, कुम्भेश्वर, बङगलामुखी, महालक्ष्मी स्थानको महालक्ष्मी, बटुक भैरव, रातो मच्छिन्द्रनाथ, मीननाथ, पूर्णचण्डी अर्थात सिद्धिलक्ष्मी र महाबौद्धमध्ये बालकुमारी मन्दिर पनि एक प्रमुख मठमन्दिर भित्र पर्दछ । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरैमन्दिरको नगरीका रूपमा पाटन नगर नेपाल उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन शहरमध्ये सबैभन्दा पुरानो शहर पनि हो । विसं २०६२ मङ्सिर २७ गते सो मन्दिरको टायल झिकी तामाको छाना छाइएको वडाध्यक्ष हेम महर्जनले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com