काठमाडौं । गएराति परेको वर्षाले काठमाडौंमै बाढी आएको छ । बाढीले शंखमुल पार्क लगायतका क्षेत्र डुबानमा परेका छन् । बागमती र धोबिखोला आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा बिद्युत सेवासमेत अबरुद्ध भएको छ ।
बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न भनेकाले बत्ती बन्द गरिएको नेपाल विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङले जानकारी दिएका छन् । राजधानीका मुख्य नदी बागमती, विष्णुमती, धोबीखोला लगायतका नदीमा पानीको सतह बढेको छ । राजधानीका धोबीखोला किनार, सुन्दरीघाट र बगमती नदी आसपासका बस्तीहरु डुवानमा परे पनि मानवीय क्षतिको कुनै विवरण नआएको प्रहरी प्रवक्ता बसन्त कुँबरले बताउनुभयो । अहिले उक्त क्षेत्रका स्थानीलाई उच्च सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्