काठमाडौं, १९ भदौ । एबीसी न्युज टेलिभिजनले आजकै दिनबाट १४ औं वर्षमा प्रवेश गरेको छ । गाउँ शहर र दुनियाँ ब्यूझाउने अभियानलाई मु्ल मन्त्र बनाउंदै आएको एबीसी न्यूज टेलिभिजनले आज एक कार्यक्रमका बिच आफ्नो १४ औं वर्षमा प्रवेश गरेको अवशरमा कार्यक्रम गरेको छ ।
टेलिभिजनको प्राङ्गनमा भएको बार्षिकोत्सव समारोहलाई सम्बोधन गदै एबीसी मिडिया ग्रुपका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलले एबीसी न्युजले उठाएको मुद्दा राष्ट्रिय राजनीतिमा मार्गदर्शक हुने बताउनुभयो ।
एबीसी न्युले अब मुलुकको समृद्धिलाई मुख्य विषयवस्तु बनाउने समेत बताउदै, अध्यक्ष कंडेलले एबीसी न्युजले उठाएको विषय वस्तुलाई अब अन्य मिडियाले पछ्याउने खालको उत्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष कंडेलले एबीसी न्युजले स्थापना कालदेखि नै पछाडिएका नागरिकको आवाज उजागर गर्दै आएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । एबीसीले आफ्नो स्थापनादेखि नै मुलधारको मिडिया भन्दा फरक रुपमा प्रस्तुत भएको भन्दै उहांले आगामी दिनमा पनि गरिब, दुखि जनताको पक्षमा निरन्तर आवाज उठाउने बताउनुभयो ।
आफ्नो मुल मन्त्रअनुसार नै तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय समाचार सम्प्रैषण गर्नु एबीसी न्युजको मुख्य विशेषता हो, यही मन्त्रको निरन्तरताका कारण एबीसी टेलिभिजनले टेलिभिजन च्यानलहरुमा अलग परिचय बनाउन सफल भएको छ । यो परिचयलाई कायम राख्दै अझ फरक ढंगबाट आफ्ना प्रस्तुतिहरु तपाई दर्शकसामु पस्कने हाम्रो प्रयास जारी रहनेछ ।
प्रतिक्रिया दिनुहोस्