धनकुटा, १९ पुस । प्रदेश नं. १ को राजधानी धनकुटा हुनुपर्ने माग गर्दै अनिश्चितकालीन धनकुटा बन्दको आव्हान गरिएको छ ।
बन्दको कारण आज धनकुटा बजार बन्द भएको छ । बन्दले गर्दा जनजीवन प्रभावित बनेको छ ।
विगत लामो समयदेखि धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै आन्दोलन हुँदै आएको थियो । सरकारले विराटनगरलाई प्रदेश १ को राजधानी बनाउने तयारी थालेपछि धनकुटा बन्दको आव्हान भएको हो ।
प्रतिक्रिया दिनुहोस्