ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको नीति, सङ्गठन र नेतृत्व पुनः व्यवस्थित गरिनेछ – महासचिव पोखरेल


एबीसी / संवाददाता

काठमाडौं । नेकपा एमाले का महासचिव ईश्वर पोखरेलले पार्टीलाई आउँदो महाधिवेशनमार्फत नीति, सङ्गठन र नेतृत्वका हिसाबले पुनः व्यवस्थापन गरिने बताउनुभएको छ । महासचिव पोखरेलले आज पत्रकारहरूसँगको भेटघाटमा ‘पार्टीकै नेतृत्वको सरकारलाई पार्टीभित्रकै केही नेताको सम्लग्नतामा विस्थापन गरिएको’ भए पनि आगामी निर्वाचनमार्फत् नयाँ जनादेशको तयारीका लागि पार्टी पुनःव्यवस्थित हुने जनाउनुभएको हो । माधवकुमार नेपालसहितका नेताले नेकपा एकीकृत समाजवादी गठन गरेको भए पनि एमालेले विधान महासधिवेशन र दसौँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

महासचिव पोखरेलले नेकपा माओवादी केन्द्र सँगको एकताका क्रममा दुई पार्टीका राम्रा र नराम्रा दुवै पक्ष मिसिएको र गुटबन्दी, अराजकता र उपयोगितावादी शैलीका कारण नेकपा विभाजित हुँदै एकीकृत समाजवादी जन्मने स्थिति पैदा भएको बताउनुभयो । राष्ट्रिय राजनीतिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व रहेको एक र सत्ता गठबन्धनमा आबद्ध दलको अर्को धु्रव क्रियाशील रहेको टिप्पणी गर्नुभयो ।

नेपालको वाम आन्दोलनमा आफ्नो लामो समयदेखिको अग्रमोर्चामा भूमिका रहेको सन्दर्भ उल्लेख गर्दै उहाँले एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्धि र राष्ट्रिय स्वाधिनताका लागि स्पष्ट मुद्दा बोकेर जनतामा जाने बताउनुभयो । तपाईँ आउँदो महाधिवेशनमा पार्टीको अध्यक्षको उम्मेदवार हो रु भन्ने पत्रकारको प्रश्नमा महासिचव पोखरेलको जवाफ थियो, “म त्यो पदका लागि डिजर्भ गर्छु तर यो घोषणा गर्ने कुराभन्दा पनि परिस्थिति, आवश्यकता र कार्यकर्ताको चाहनामा भर पर्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com