ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बढ्यो कांग्रेसको चुनावी चहलपहल


एबीसी / संवाददाता
भाद्र १३, २०७८ आईतबार  ७ : २१ बजे

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताको भेटघाट र छलफल बाक्लिन थालेको छ । वडासमितिका बैठक शनिबारदेखि नै सुरु भएका छन् । पार्टीको महाधिवेशनको मिति पटकपटक सर्ने गरेकामा धेरैलाई महाधिवेशन हुँदैन कि भन्ने आशङ्का थियो । शनिबार पार्टीले भदौ १८ मा वडाको अधिवेशन गर्ने सुनिश्चित गरेपछि जिल्लामा चुनावी रौनक एक्कासि तातेको हो ।

वडाको अधिवेशन आउन अब पाँच दिन बाँकी रहेको हुनाले हतारहतारमा भेला र छलफल हुन थालेका हुन् । कुश्मा नगरपालिका–७ ले शनिबार आमभेला डाकेर भदौ १४ गते पुनः छलफल गरी आगामी नेतृत्वको बारेमा ठोस निर्णय गर्ने निर्णय गरेको छ ।पार्टी सभापति सागर गिरीले वडासमितिको बैठक डाकेर महाधिवेशनको तयारी सुरु भएको बताउनुभयो । कुश्मा–५ ले पनि शनिबारनै आगामी महाधिवेशनका बारेमा क्रियाशील सदस्यबीच छलफल गरेको छ । फलेवास–३ शङ्करपोखरीमा पनि चुनावी छलफलका लागि यही भदौ १५ गते आमभेला डाकिएको वडा सभापति अर्जुनबहादुर कार्कीले जानकारी दिनुभयो । जलजला गाउँपालिका–८ नाग्लीवाङमा शनिबारदेखि नै तयारी सुरु भएको सभापति रामप्रसाद क्षेत्रीले जानकारी दिनुभयो । कुश्मा, जलजला र फलेवासमा मात्र नभई जिल्लाका सात स्थानीय तहका ६१ वटै वडामा कांग्रेसको महाधिवेशनको तयारी सुरु भएको हो ।

सहमति हुने ठाउँमा सहमति र सहमति नभएको खण्डमा निर्वाचन गरेर नेतृत्व चयन गरिने जिल्ला सभापति खिमप्रसाद भुसालले जानकारी दिनुभयो । वडागत रूपमा छानिने पदाधिकारी र जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि चयन गर्ने बारेमा गाउँमा छलफल सुरु भएका छन् ।नेपाली कांग्रेसको महाधिवेशनका लागि केन्द्रले जिल्ला निर्वाचन अधिकारी तोकिसकेको छ । निर्वाचनका लागि आवश्यक कागजात तथा सामग्रीहरू केन्द्रले जिल्लामा पठाउन सुरु गरेको छ । कांग्रेसको अबको नेतृत्व कस्तो बनाउने भन्नेबारेमा गाउँदेखि जिल्ला सदरमुकाममा आजदेखि चर्चा परिचर्चा बढ्न सुरु भएको छ ।

जिल्लाका ६१ वटा वडा, दुई निर्वाचन क्षेत्रका क्षेत्रीय कार्यसमिति, सातै स्थानीय तहका नगर तथा गाउँ कार्यसमिति र जिल्ला कार्यसमिति चयनका लागि क्रियाशील सक्रिय बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाए बन्दुक

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com