काठमाडौं । विगत २४ घण्टामा १ हजार ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परीक्षणबाट १ हजार २ सय १४ जना र एन्टिजेन परीक्षणबाट १ सय ७४ जनामा संक्रमण पाइएकोे हो । मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभर ७ हजार २ सय ५९ पीसीआर र ३ हजार ३८ एन्टिजेन परिक्षण गरिएको थियो ।
यसैगरी विगत २४ घण्टामा २ हजार २ सय ६० जना संक्रमित निको भएका छन् । त्यस्तै संक्रमणबाट विगत २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । यो मृत्यु संख्यामा नेपाली सेनाले विभिन्न मितिमा गरेका शवको व्यवस्थापन पनि समावेश भएको मन्त्रालयको भनाइ छ । आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ४ सय ७८ जना छन् ।
जसमा काठमाडौंमा ३ सय १२ जना, ललितपुरमा १ सय १४ जना र भक्तपुरमा ५२ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर रहेका ३५ हजार ७ सय ९६ जना सक्रिय संक्रमितमध्ये ३२ हजार ७ सय ४४ जना होम आइसोलेसनमा र ३ हजार ५२ जना संस्थागत आइसोलेसनमा छन् ।
प्रतिक्रिया दिनुहोस्