ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“पार्टीगत सम्वन्ध विस्तार गर्न चौथाईवालेको नेपाल भ्रमण”


एबीसी / संवाददाता

 

भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले तपाईकै निमन्त्रणामा आएका हुन् भन्ने छ। यति नै बेला बोलाउनुको के कारण थियो ?

हो, उहाँ मेरो निमन्त्रणामा आउनुभएको हो । ‘पार्टी ट पार्टी सम्बन्ध विकसित गर्न हामीले आवश्यक ठानिरहेका थियौं, उताबाट (भारत) पनि त्यस्तै आशय व्यक्त भएको थियो। त्यसैका आधारमा नेपालमै बोलाऊँ भनेर सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी भयो । त्यसपछि निमन्त्रणा दिएको हुँ ।

प्रकाशशरण महत,कांग्रेस सहमहामन्त्री

यो भ्रमणलाई भारतीय सरकारको प्रतिनिधित्व भन्ने कि सत्तारूढ भाजपाको ?

पार्टीको हिसाबले आउनुभएको हो, सरकारको प्रतिनिधि होइन । तथापि सत्तारूढ दल भएकाले सरकार र पार्टीको भावनाबीच सामीप्य हुने नै भयो । सरकार र पार्टीको छिमेकीसँगको दृष्टिकोण अलग-अलग हुने कुरा हुँदैन । दुई देशकै सत्तारूढ पार्टीसँग यो भेटघाटले सरकारी तहमा उठाउने मुद्दामा पनि सहजीकरण गर्छ । दुई पार्टीबीच दृष्टिकोण र एक- अर्कालाई बुझने कुरामा सहज बनाउँछ।

प्रधानमन्त्रीसँगको भेटमा सरकारी तहमा कस्तो कुराकानी भयो ?

कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेका बेला भेटघाट भएको हो । सरकारी तहको भ्रमण नभएकाले औपचारिक कुराकानी हुने कुरा भएन । प्रधानमन्त्रीले लोकतन्त्रलाई बलियो बनाउन लागेको छ भन्नुभएको छ, मूलभूत रूपमा ‘पार्टी टु पार्टी’ सम्बन्धलाई नै विकसित गर्ने कुरामा छलफल केन्द्रित भएको हो।

पछिलोपटक कांग्रेसको सम्बन्ध भारतसँग सुमधुर नभएको चर्चा हुने गरेको छ। अहिलेकै सरकार पनि भारतको चाहनाविपरीत बनेको भनिन्छ । यही पृष्ठभूमिमा भएको भेटघाटको कुनै अर्थ छ कि ?

दुई देशबीच सम्बन्ध विकसित गर्न चाहेको कुरा उहाँ आफैले व्यक्त गर्नुभएको छ। पार्टीगत रूपमा भएको यस्तो भेटघाटले राष्ट्रिय मुद्दाहरूमा, दुई देशबीच जोडिएका मुद्दाहरूका सवालमा समान दृष्टिकोण बनाउन र सामञ्जस्य ल्याउन सहज बनाउँछ । प्रधानमन्त्रीसँग भेट्नुअघि मैले नै एक घण्टाजति कुराकानी गरेको थिएँ। प्रधानमन्त्रीसँग पनि यस्तै कुराकानी भएका हुन् । दुवै पक्षबाट आपसी सम्बन्धमा अकारण समस्या नआउन् भन्नेमा छलफल भयो।

प्रधानमन्त्रीले भारतसँग बिग्रेको सम्बन्ध सुधार्नकै लागि चौथाइवालेलाई बोलाएको चर्चा छ नि ?

सम्बन्ध बिग्रेको भन्ने कुरा म । मान्दिन तर झन्डै साढे तीन वर्षको न कम्युनिस्ट सरकारपछि कांग्रेसको । नेतृत्वमा सरकार बनेको छ । यो अवस्था कसरी आयो? कन परिवेशमा यो घटनाक्रम अघि बढ्यो ? हामी कसरी सम्बन्धलाई विकसित गर्न चाहन्छौं भन्ने कुरा न महत्त्वपूर्ण हो । पार्टी तहमा भएको यो छलफल सरकारी तहमा पनि विस्तार हुन्छ भन्ने लागेको छ।

सरकारलाई समर्थन गर्ने दिशामा पनि छलफल भएको हो ?

होइन । यस्तो कुनै कुरा भएन । जुनसुकै प्रक्रियाबाट नयाँ सरकार आए पनि छिमेकी देशले एउटा तहको सम्बन्ध बढाउन चाहन्छ । सरकार बन्ने क्रममा उहाँहरूको दृष्टिकोण के थियो, त्यो आफ्नो ठाउँमा होला तर हाम्रो सम्बन्ध राम्रो नभएकाले सम्बन्ध विकसित T गर्नुपर्यो भन्ने कुरा सत्य होइन । वर्तमान सरकार बनेपछि सरकारी तहमा कुनै भेटघाट भएको छैन ।

‘राखी’ कूटनीतिको कुरा निकै चर्चामा आयो नि ?

प्रधानमन्त्रीसँग भेट्ने दिनमा जनै पूर्णिमाको दिन परेछ। यो संयोग मात्रै हो । त्यसको अर्को कुनै अर्थ छैन। मैले नै उहाँलाई वालुवाटार लगेको हो। त्यही मौकामा प्रथम महिलाले गेस्चरका रूपमा राखी बाँधिदिने तय भएको हो।

भारतसँग भ्याक्सिनको विषयमा कुनै कुरा भएन ?

कोभिड र भ्याक्सिनका कुराहरू उठेका छन् । प्राविधिक कठिनाइका कारणले रोकिएको छ, चाँडै उपलब्ध भन्ने करा अनौपचारिक रूपमा उहाँले भन्नुभएको छ। हामीले यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराएका छौं।’

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com