काठमाडौं । नेकपा एमालेले पार्टी परित्याग गर्दै नया“ दल खोलेपछि माधवकुमार नेपालसहितका नेताहरूको अभिलेख पार्टीबाट हटाउने र निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेको छ । आज तुल्सीलाल प्रतिष्ठान भवनमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गर्नेहरूको अभिलेख पार्टीबाट हटाएर निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो । तर कसैले भूल महसुस गरेर सच्याउन चाहेर आएमा ढोका खुल्लै राख्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
निर्वाचन आयोगबाट दल दर्ताको हस्ताक्षर सनाखत गर्ने क्रममा विवादास्पद निर्णय भएकोमा त्यसविरूद्ध कानुनी लडाइ“ लड्ने पनि एमालेले बताएको छ । पार्टीले कारबाही गरेकाहरूलाई र अनुपस्थित रहेकालाई पनि आयोगले सनाखत गराएकोले कानुनी लडाइ“ लड्ने निर्णय भएको ज्ञवालीले बताउनुभयो । पार्टीले सांसदबाट हटाउन सूचना दिए पनि सभामुखले सूचना टा“स नगरेर गम्भीर गल्ती गरेको प्रवक्ता ज्ञवालीको भनाइ थियो । प्रवक्ता ज्ञवालीले दल विभाजन अध्यादेश संविधानविपरीत रहेको र स्थानीय तहका प्रमुखलाई दल त्याग गर्न सक्ने व्यवस्था राखेकोमा पनि विरोध गर्नुभयो ।
त्यसैगरी बैठकले पार्टी एकताको १० बु“दे प्रस्तावलाई शीघ्र कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । त्यसका लागि सहजीकरण गर्न महासचिव ईश्वर पोखरेल, नेताहरू विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्