काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीमा ढोका बन्द गरिदिएपछि बाध्य भएर नया“ पार्टी खोल्नु परेको बताउनुभएको छ । मंगलवार चन्द्रागिरीमा सञ्चारकर्मीहरुस“ग कुरा गर्दै अध्यक्ष नेपालले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गरेको र आफुहरुलाई पार्टीबाट निष्काशन गरेका कारण बाध्य भएर नया“ पार्टी खोल्नुपरेको बताउनुभएको हो ।
आफु लगायतका १४ सांसदलाई पार्टीबाट निष्काशन गरेपछि आफुहरु सँग नया“ पार्टी दर्ता गर्नुको विकल्प नरहेको उहा“ले बताउनुभयो । अध्यक्ष नेपालले आफुहरुस“ग एमाले विभाजनका लागि आवश्यक २० प्रतिशत संख्याभन्दा बढी केन्द्रीय कमिटी र संसद दुवैतिर पुग्ने दाबी पनि गर्नुभयो । उहाले एमाले एकिकृत बनाउन भन्दै वार्तामा जुटेका र वार्तामा नजुटी भुमिका खेलेका नेताहरुस“ग पनि एकतावद्ध भएर जाने कोसिस गरिरहेको उल्लेख गर्नुभयो । केपी ओली र आफुहरुको कित्ता छुट्टीएको उल्लेख गर्दै उहाले आगामी दिनमा अन्य वामपन्थी पार्टीहरुसग चुनावी तालमेल गर्न तयार रहेको बताउनुभयो ।
नेपालमा समाजवादी केन्द्र बनाउने बहसका बीच पार्टीको नाम समाजवादी राखेको विषयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिंदै अध्यक्ष नेपालले आफुहरुले कम्युनिष्ट पार्टी नत्याग्ने स्पष्ट पार्नुभयो । नेपाल कम्युनिष्ट पार्टीको नामलाई त्याग्ने कसैस“ग पनि एकता सम्भव नभएको उहा“ले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्